लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षको कुर्सीमा बस्ने | Khabarhub Khabarhub

लोकतान्त्रिक समाजवादी पार्टी प्रतिपक्षको कुर्सीमा बस्ने


२३ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक दलसबन्धी अध्यादेशबाट विभाजनमा पुगेका राजनीतिक दलहरू संघीय संसदको बैठकमा फरक-फरक कुर्सीमा बस्ने भएका छन् ।

एमालेबाट विभाजन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सत्ता पक्षको कुर्सीमा बस्नेछ भने जनता समाजवादी पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रतिपक्षको कुर्सीमा बस्नेछ ।

संसद सचिवालयमा दुबै पार्टीले संघीय संसद बैठक कक्षभित्र बस्ने कुर्सीका बारेमा माग गरे बमोजिम उक्त व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

लोसपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए पनि संघीय संसदको संरचनामा भने प्रतिपक्षमा बस्ने जानकारी सचिवालयलाई गराएपछि उक्त व्यवस्थापन गरिएको हो ।

दुबै सदनको अधिवेशन आज अपराह्न ४ बजेदेखि शुरू हुँदैछ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ७ : ५९ बजे

आज २०८१ साल जेठ ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि