भिभोको भी २१ ई नेपाली बजारमा, यस्ता छन् विशेषता  | Khabarhub Khabarhub

भिभोको भी २१ ई नेपाली बजारमा, यस्ता छन् विशेषता 


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिभोको भी २१ ई प्रोफेसनल स्मार्ट फोन अब सबै प्रयोगकर्ताको लागि आजदेखि नेपाली बजारमा ल्याएको छ । भी भर्जन सबैमा परिचित स्मार्ट फोन हो र त्यसैको परम्परामा उत्पादनमा ल्याइएको यो स्मार्ट फोन प्रतिस्पर्धी मूल्यमा उपलब्ध छ ।

भी २१ ई ४४ एम्.पी.को आई अटोफोकस फ्रन्ट क्यामरा जडान गरिएकोे छ भने यसमो नाइट पोट्रेट समेत समावेश गरिएको छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मदत गर्दछ । भी २१ ई स्मार्ट फोन अगष्ट ८ देखि १० तारिखसम्म खरिद गर्नेले लन्च अफरको रुपमा निशुल्क इयरबड जित्ने अवसर पाउने छन् ।

विभिन्न विशेषतायुक्त भी २१ ई मा जडित फ्रन्ट क्यामेरा विशेष अवसरहरुको फोटो लिन सक्षम छ । यो वर्तमान पुस्ताका युवाहरुका लागि परफेक्ट सहयोगी ठहरिने छ ।

भी भो को नयाँ उत्पादन भी २१ इ मा उत्कृष्ट फ्रन्ट क्यामेरा र विशेष सफ्टवेयर जस्तै अटो फोकस फिचरका कारण सफा इमेज, बेटर नाइट सट, ४के गुणस्तरको स्टेबल भिडियो प्राप्त हुन्छ ।

शक्तिशाली ४४ एम्.पी. को एफ-२.० आपेर्चरले गर्दा प्रकाश कम भएको ठाउँमा पनि रिजल्ट राम्रो दिन्छ । अनावश्यक नोइज नियन्त्रणका साथै नाइट फोटो क्याप्चर गर्नु यसको विशेषता हो, जसको हाई क्वालिटी सफ्टवेयर र हार्डवेयरले राम्रो फोटो निकाल्न मदत गर्दछ ।

यसमा रहेको डुवल भ्यू भिडियो, स्लो मोशन सेल्फी भिडियो, ४के सेल्फी भिडियो ८ स्टेडीफेश सेल्फी भिडियाले प्रयोगकर्ताले चाहे जस्तो परिणाम दिनेछन् । प्रभावशाली ६४ एम्.पी. नाइट क्यामेराले उत्कृष्ट इमेज क्वालिटी दिन सक्छ र माइक्रोफोटोग्राफीमा अरु क्यामेरा भन्दा राम्रो परिणाम दिन्छ । वाइड एङ्गल र विशेष कम्प्लेक्स् सट्को कम्बीनेसनले सबै प्रकारको वातावरणमा गुणस्तरिय फोटोग्राफीको अनुभव प्रदान गर्दछ ।

यी सबै गुणहरुले गर्दा प्रयोगकर्ताले आफ्ना मित्रहरु, परिवारका सदस्यहरुको महत्वपूर्ण अवसरको फोटो सुरक्षित गर्न सघाउँछ । ४ के गुणस्तरको इमेज, भिडियो र इलेक्ट्रोनिक इमेज स्टेबीलाइजेसनले उत्पादनलाई सानो साइजमा राख्न मदत गर्दछ ।

भी २१ इ लाई क्वालकम स्न्यापड्रागन ७२० जी प्रोसेसर, ८ जी.वी र्याम र १२८ जी.वी रोम रहेको छ र यसमा ३ जी.वी एक्सटेन्डेबल र्यामको बिशेषता रहेको छ । ३३ वाट फ्ल्यास चार्जले उपभोक्तालाई आवश्यक पर्दा क्षमता बढाउन सक्ने बनाइएको छ । यो स्मार्ट फोनले प्रत्येक क्षणलाई स्मरणीय बनाउँछ । यो स्मार्ट फोनको मूल्य रु ३९,९९९ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ५ : २४ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त