टोकियो ओलम्पिकमा अमेरिका पहिलो | Khabarhub Khabarhub

टोकियो ओलम्पिकमा अमेरिका पहिलो


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले टोकियो ओलम्पिकमा पहिलो स्थान हात पारेको छ । एक दिनको खेल बाँकी रहँदा दुई स्वर्ण पदकले पछि परेको अमेरिकाले अन्तिम दिन तीन स्वर्ण पदक थपेको हो । अन्तिम दिनको खेल सकिँदा अमेरिकाले ३९ स्वर्ण, ४१ रजत तथा ३३ कास्य पदक सहित ११३ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत तथा १८ कास्यसहित ८८ पदक जितेको हो । तेस्रो स्थानमा रहेको जापानले २७ स्वर्ण,१४ रजत र १७ कास्य पदक जितेको हो ।

एथलेटिक्सको अन्तिम प्रतिस्पर्धा पुरुष म्याराथनमा केन्याका एलुयड किप्चोकेले स्वर्ण पदक जिते । सो स्पर्धामा नेदरल्यान्डका अब्दप नागेइले रजत तथा बेल्जियमका अब्दी बासीरले कास्य पदक पाए ।

उपाधिको दाबेदार अमेरिकाले घरेलु टोली जापानलाई ९०–७५ ले हराउँदै महिला बास्केटबलको स्वर्ण पदक जित्न सफल भयो । महिला बास्केटबलका अमेरिकाको यो लगातार सातौँ स्वर्ण पदक हो ।

घरेलु कोर्टमा जापानी खेलाडीको प्रतिस्पर्धा हेर्न लायक थियो साथमा टोलीकी प्रमुख खेलाडी रुइ माचीडा पनि त्यत्तिकै आकर्षक खेल खेल्न सफल भएकी थिइन् । तथापि ब्रीट्नी ग्रीनर र अजा विल्सनबाट प्रभावित अमेरिकालाई रोक्न जापानीहरू असमर्थ रहे ।

६ फिट ९ इन्च अग्ली ग्रीनर जापानकी सबैभन्दा अग्ली खेलाडी भन्दा ८ इन्च अग्ली थिइन् । रक्षात्मक भूमिकामा समेत छाएकी उनले फाइनलमा ३० स्कोर गरिन् । फाइनलमा सबैभन्दा धेरै स्कोर गर्ने महिला खेलाडीको रूपमा पनि यो कीर्तिमान हो । यस अघि सन् १९९६ मा अमेरिकाकी लिसा लेस्लीले २८ स्कोर गरेकी थिइन् ।

अर्की प्रमुख खेलाडी सन् २०२० का डब्लुएनभीएकी मस्ट भ्यालुएबल प्लेयर विल्सन २५ औ जन्म दिनमा स्वर्ण पदक जित्न सफल भइन् । अमेरिकाकी डाउन स्टेली खेलाडी, सहायक प्रशिक्षक र मुख्य प्रशिक्षकको तीन फरक भूमिकामा ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीको रूपमा कीर्तिमान राख्न सफल भइन् ।

साइक्लिङको महिला स्प्रीन्टमा क्यानडाकी मचिनेल केस्लीले स्वर्ण, युक्रेनकी ओलेना स्टारिकोभाले रजत तथा हङकङकी ली वेइ सेजले कास्य पदक पाए । पुरुष केरलीनमा बेलायतका जेसन केन्नीले स्वर्ण, मलेसियाका मोहम्मद अजुसानीले रजत तथा नेदरल्यान्डका हेरी लभरासेनले कास्य पदक जिते ।

महिला अप्नीयम रेसमा अमेरिकाकी जेनिफर भ्यालेन्टीनले स्वर्ण पदक जितिन् । जापानकी युजी कामाहारीले रजत तथा नेदरल्यान्डकी वाइल्ड क्रिस्टनले कास्य पदक जिते । रिदमिक जिम्न्यास्टिकमा बुल्गेरियाले स्वर्ण, रुस ओलम्पिक कमिटीले रजत तथा इटालीले कास्य पदक जिते ।

अमेरिकाले यस ओलम्पिकको अन्तिम स्वर्ण पदक महिला भलिबलमा जित्यो । ब्राजिललाई सोझो सेटमा हराउँदै अमेरिकाले स्वर्ण पदक जितेको हो । सर्वीयाले कोरियालाई सोझो सेटमा हराउँदै कास्य पदक जित्यो ।

इन्डोर भलिबलको महिला स्पर्धामा अमेरिकाको यो पहिलो ओलम्पिक स्वर्ण पदक हो । यस भन्दा अघि तीन पटक उपविजेता बनेको अमेरिका २००८ र २०१२को फाइनलमा ब्राजिलसँग नै पराजित भएको थियो । रियो ओलम्पिकको सेमिफाइनलमा सर्वीयासंग पराजित अमेरिकाले यस पटक सेमिफाइनलमा सर्वीयालाई नै हराएको हो ।

कप्तान जोर्डन र लार्सन र क्वीकर फोलुके गन्डर्सनले लगातार तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएका हुन् ।

यो सफलतासँगै अमेरिकी प्रशिक्षक कार्च कीराली खेलाडी र प्रशिक्षकको रूपमा ओलम्पिकमा स्वर्ण पदक जित्ने चीनका लाङपाङ पछिका दोस्रो व्यक्ति भएका छन् । १९८४ र १९८८ को ओलम्पिकमा स्वर्ण पदक विजेता इन्डोर भलिबल टोलीमा समावेश कीरालीले १९९६ मा बिच भलिबलमा स्वर्ण पदक जितेका थिए ।

बक्सिङको चार स्पर्धा मध्य दुई स्पर्धामा अमेरिकी तथा एक स्पर्धामा चिनिया खेलाडी फाइनल प्रवेश गरेका कारण यसले पहिलो स्थान हात पार्ने टोलीको टुङ्गो लगाउन धेरै सहयोग गर्ने सम्भावना थियो । अनुमान विपरीत चीन र अमेरिकाका खेलाडी फाइनलमा पराजित भए ।

महिला मिडलवेटमा पूर्व किक बक्सिङ विश्व च्याम्पियन तथा पूर्व फुटबलर समेत रहेकी बेलायतकी लाउरेन प्राइसले फाइनलमा चीनकी ली क्विनलाई हराइन् । त्यो जित सहित बक्सिङमा बेलायत २ स्वर्ण, दुई रजत र दुई कास्य सहित प्रतियोगिताको अन्त्य गर्न सफल भयो ।

पुरुष लाइटवेटको भने फरक ढङ्गले अन्त्य भएको थियो । अमेरिकाका केसन डेभिस र क्युबाका एन्डी क्रुजको भिडन्त साँच्चै स्तरीय रहेको थियो । डेभिस माथि क्रुजले साँघुरो जित पाए । रेफ्रिको निर्णयमा डेभिस सन्तुष्ट भने रहन सकेनन् । क्युबाको टोकियो ओलम्पिकमा यो चौथो बक्सिङ स्वर्ण हो ।

पुरुष सुपर हेभिवेटमा उज्वेकिस्तानका बखोदीर जलालोभले अमेरिकाका रिचार्ड टोरेजलाई हराए । साविक विजेता टोरेज पहिलो राउन्डमा प्रभावकारी रहे पनि दोस्रो राउन्डमा जलालोभ हाबी भएका थिए । बक्सिङमा उज्बेकिस्तानको यो पहिलो ओलम्पिक स्वर्ण हो ।

महिला लाइटवेटमा आयरल्यान्डकी केली आनले ब्राजिलकी फरेरा बेट्रिजलाई हराउँदै स्वर्ण पदक जितिन् ।

ह्यान्डबलको महिला स्पर्धामा फ्रान्सले स्वर्ण पदक जितेको छ । यो स्पर्धामा फ्रान्सको यो पहिलो ओलम्पिक स्वर्ण हो । ह्यान्डबलको पुरुष तर्फको उपाधि पनि फ्रान्सले जिती सकेको छ । सो स्पर्धामा नर्वेले कास्य पदक जित्यो ।

यस ओलम्पिकको अन्तिम स्वर्ण पदक जित्ने टोली सर्वीया भएको छ । पुरुष वाटर पोलोको फाइनलमा सर्वीयाले ग्रिसलाई हरायो । हंगेरी कास्य पदक जित्न सफल भयो । –एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ३ : ३७ बजे

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान