उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेलाई कारबाहि गरिने | Khabarhub Khabarhub

उपकुलपतिविरुद्ध गलत विज्ञप्ति निकाल्नेलाई कारबाहि गरिने


२४ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा‍.डा. नन्दबहादुर सिंहविरुद्ध विज्ञप्ति निकाल्नेलाई विश्वविद्यालयले कारबाही गर्न माग गरेको छ ।

उपकुलपति प्रा.डा सिंहविरुद्ध शनिवार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर कीर्ते गरी ‘उपकुलपतिको मृत्यु भएको भन्दै विज्ञप्ति जारी गरेको थियो । विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इस्टाग्राममा सार्वजनिक भएपछि धेरैले त्यसको निन्दा, घृणा र टिप्पणी गरेका छन् ।

उपकुलपति विरुद्ध निकालिएको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा.डा सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ । उहाँ पुनर्जीवित भएर भोली यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ । मेरो दाहसंस्कार जुमबाट गरे भनेर ।’

यो कार्यले विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको र यस्तो कार्य गर्नेहरु विरुद्ध कानूनी कारबाहीमा जाने उपकुलपति प्राडा सिंहले बताए। उनका अनुसार यो घटनाको छानविन गर्नको लागि सम्बन्धित निकायमा जानकारी गराई सकेको छ ।

त्यस्तै विश्वविद्यालयको रजिष्टार कार्यालयले पनि यो घटनाप्रति विश्वविद्यालयका गम्भिर ध्यानाकर्षण भएको भन्दै भत्सना गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ११ : १९ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको