चिनियाँ कम्युनिस्ट पार्टीले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण  | Khabarhub Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टीले दिएको स्वास्थ्य सामग्री हस्तान्तरण 


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

मंगलबार एमाले पार्टी कार्यालय थापाथलीमा एमालेका महासचिव ईश्वर पोखरेलले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

एमालेले चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको ३० थान अक्सिजन कन्सन्ट्रेटर र १ लाख थान एन ९५ माक्स हस्तान्तरण गरेको हो । कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले कोरोनामा राजनीति गर्नुपर्ने कारण नरहेको र कोरोना साझा समस्या भएकाले यसबाट लड्न राज्यलाई सवल बनाउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री हस्तान्रण गरिएको बताए ।

उनले देशभरका पार्टीपङ्ति  राज्यसँग समन्वय गरेर कोरोना नियन्त्रणमा लागेको बताए ।

त्यस्तै स्वास्थ्य मन्त्री तामाङले सरकारले प्राप्त स्वास्थ्य सामाग्रीहरुको मापदण्डअनुसार देशका विभिन्न स्थानमा पठाइने जनाए ।

उनले देशभर मंगलबारबाट खोप लगाउने अर्को अभियान सुरु भएको र सरकारको ध्यान नागरिकको जीवनरक्षामा केन्द्रित रहेको जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ८ : ०७ बजे

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट