विद्युतीय सञ्चार माध्यमको नियमन र संरक्षण प्राथमिकतामा : काउन्सिल अध्यक्ष बस्नेत | Khabarhub Khabarhub

विद्युतीय सञ्चार माध्यमको नियमन र संरक्षण प्राथमिकतामा : काउन्सिल अध्यक्ष बस्नेत


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रेस काउन्सिलका अध्यक्ष वालकृष्ण बस्नेतले विद्युतीय सञ्चार माध्यमहरुको व्यवस्थापन, नियमन र संरक्षण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

झापाको दमकमा मंगलबार पत्रकारहरुसँगको भेटमा उनले अनलाइन पोर्टलहरुलाई समेत नियमन र वर्गीकरण गर्ने तथा लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलव्ध गराउन पहल गर्ने उनले बताएका हुन् ।

उनले अनलाइनहरुका साथै युट्युवहरुलाई पनि व्यवस्थापन गर्ने बताए ।

सुचना विभागसँग समन्वय गरी पे्रेस पास वितरण तथा नवीकरणलाई सरल पार्ने, स्थानीय सञ्चार माध्यमहरुलाई दर्विलो पार्ने तथा पत्रकारहरुको वृति विकासमा प्राथमिकताका साथ कार्यक्रम ल्याउने उनले प्रतिवद्धता जनाए ।

केही दिन अघि निधन भएका ब्रोडकाष्टिङ् एशोसिएसन नेपाल बानका अध्यक्ष चन्द्र न्यौपाने प्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी झापा पुगेको बेला सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।

यसैगरी काउन्सिलका सदस्य गणेश पोखरेलले सञ्चार माध्यमलाई प्रभावकारी बनाउन तथा पत्रपत्रिकाको वर्गीकरणलाई नियमित र पारदर्शी बनाउन पहल थालिएको जनाएका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ९ : २० बजे

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा