६१ लाख मूल्य बराबरको ७२ हजार किलो चिनी खाडल खनेर पुरियो | Khabarhub Khabarhub

६१ लाख मूल्य बराबरको ७२ हजार किलो चिनी खाडल खनेर पुरियो


२६ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आन्तरिक राजश्व कार्यालय पथलैयाले ७२ हजार किलो चिनी अखाद्य भन्दै नष्ट गरेको छ ।

तर, उक्त चिनीलाई खाद्य प्रविधि तथा गुण नियान्त्रण विभागको केन्द्रीय प्रयोगशालाले भने खान योग्य भनी प्रमाणित गरेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको सिफारिसमा उक्त चिनी खाल्डो खनेर पुरिएको आन्तरिक राजश्व कार्यालय पथलैयाले जनाएको छ ।

नष्ट गरिएको चिनीको हालको बजार मूल्य ६१ लाख २० हजार रुपैयाँ भन्दा धेरै हुन्छ । खाद्य ऐनअनुसार प्रयोगका लागि योग्य नभएको खाद्यको रिपोर्टपछि चिनी नष्ट गरिएको आन्तरिक राजश्व कार्यालय पथलैयाका प्रमुख टंकप्रसाद पाण्डेले बताए ।

आन्तरिक राजश्वले सोमबार चिनी नष्ट गर्नु अघि गुणस्तर जाँच गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा दुई बोरा नमुना पठाएको थियो । करिब एक वर्ष अघि नियन्त्रणमा लिएको उक्त चिनी गुणस्तरीय भए लिलामी गर्ने कार्यालयको योजना थियो तर खाद्य कार्यालयले अखाद्य भएको रिपोर्ट पठाए पछि नष्ट गर्ने निर्णयमा पुगेको पाण्डेले भने ।

नमुना पठाइएको दुई बोरामध्ये एउटामा उत्पादन मिती नभएको अर्कोमा उपभोग्य म्याद नाघेको पाइएको खाद्य प्रविधि तथा गुणस्तर विभागका जनकपुर कार्यालय प्रमुख विजय खनालले भने ।

पोहोर फागुनमा महोत्तरीको जलेश्वर भन्सार भएर उक्त चिनी नेपाल भित्रिएको थियो । आयातकर्ताले ३७ लाखको स्वघोषणा गरेर थप २३ लाख ५० हजार ९९४ रुपैयाँ राजश्व तिरेर उक्त चिनी भित्र्याएका थिए । नेपाल भित्रिने बितिक्कै आन्तरिक राजश्व कार्यालय पथलैयाले नियन्त्रणमा लिएको चिनी थप अनुसन्धानका लागि केन्द्रीय खाद्य प्रयोगशाला बबरमहल पठाएको थियो ।

प्रयोगशालामा दुई पटक गरिएको परीक्षणमा चिनी खान योग्य रहेको पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहीबार  ७ : ४४ बजे

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको