नारी दिवसको अवसरमा पन्ध्र सय छात्रालाई साइकल वितरण « Khabarhub

नारी दिवसको अवसरमा पन्ध्र सय छात्रालाई साइकल वितरण


२४ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले नारी दिवसको अवसरमा पन्ध्र सय छात्रालाई साइकल वितरण गरेको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कक्षा ८ का छात्रालाई साइकला वितरण गरेका हुन् ।

प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत यस वर्ष २० हजार छात्रालाई साइकल वितरण लक्ष्य राखेको छ ।

आज कार्यक्रमको शुभारम्भ गर्दै धनुषाका २७ वटा सामुदायिक विद्यालयका पन्ध्र सय छात्रालाई साइकल वितरण गरेको कार्यक्रमकी संयोजक प्रियका यादवले जानकारी दिइन् ।

एसिड पीडित साहलाई सम्मान

यसैबीच नारी दिवसको अवसरमा प्रदेश २ सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई सम्मान गरेको छ ।

मधेस भवनमा आयोजना गरेको छात्राहरुलाई साइकल वितरण समारोहमा मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रदेश सरकारले उनलाई मुख्यन्यायधिवक्ताको कार्यालयमा करारमा सहयोगीको जागिर समेत दिने घोषणा गरेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  १० : ५९ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती