पत्रकार पौडेलको ‘लकडाउन–१२०’ | Khabarhub Khabarhub

पत्रकार पौडेलको ‘लकडाउन–१२०’


२६ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखराका पत्रकार राजाराम पौडेलले गीति संग्रह ‘लकडाउन–१२०’ पाठकमाझ ल्याएका छन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य गायिका हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका पूर्व अध्यक्ष गायक पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष तथा गीतकार दीपेन्द्र श्रेष्ठ र कृतिकार पौडेलकी छोरी आहाना पौडेलले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।

कृतिको समीक्षा गर्दै साहित्यकार जीवन सागर भण्डारीले लकडाउनजस्तो कष्टकर क्षणलाई पनि सिर्जनशील बनाउन सकिन्छ भन्ने उदाहरण राजारामले प्रस्तुत गरेको बताए । उनले मूलतः लोक गीति शैलीलाई अवलम्बन गरेर लकडाउन र यसले नेपाली जनजीवनमा पारेको प्रभावलाई कृतिले समेटेको बताए । गीत, कविता, गजल, लोकगीतलाई समेटेर निकालेका पौडेलको लकडाउन(१२० समयको एउटा महत्त्वपूर्ण दस्तावेज भएको भनाइ समीक्षक भण्डारीले राखे ।

प्राज्ञ हरिदेवी कोइरालाले पत्रकारका रुपमा चिनिएका राजारामभित्रको सिर्जनशीलता लकडाउन–१२० का रुपमा आएको भनाइ राखिन् । वाङ्मयका विभिन्न बिटमा कलम चलाउँदै आएका पौडेल साहित्यसचेत पत्रकार भएको उनको भनाइ थियो । पौडेलको किताब नेपाली समाजमा सकारात्मक सन्देश फैलाउन सफल हुने विश्वास पनि उनले राखिन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रमेश बिजीले राजारामका गीति रचनाहरु गेय गुणले भरिएको धारणा राखे । उनले प्रतिष्ठानका तर्फबाट यी रचनालाई रेकर्ड गर्न आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत प्रस्तुत गरे ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरेली पत्रकारहरुमा वाङ्मयसम्बन्धी सबैभन्दा बढी समाचार लेख्ने पत्रकार राजाराम नै भएको बताए । उनको सिर्जनशीलताले पत्रकार भन्नुमा गौरव लागेको अनुभवसमेत श्रेष्ठले सुनाए ।

गायक पुरुषोत्तम न्यौपानेले वाङ्मयलाई न्याय गरेका पौडेलले आफूभित्रको स्रष्टालाई पनि कृतिमार्फत् न्याय गरेको बताए । पौडेलका गीतहरु गाउने चाहना आफूभित्र रहेको उनको भनाइ थियो ।

स्रष्टा पौडेलले आफूले लकडाउनको समयमा पाएको फुर्सदको समयलाई सदुपयोग गरेर यी सिर्जना लेखेको अनुभव सुनाए । कृतिमा समेटिएका सबै रचना गीत नभई गीति शैलीका रचना भएको उनको प्रष्टोक्ति थियो । हरेक रचनासँगै कुनै न कुनै कथानक जोडिएको भन्दै पौडेलले पहिलो कृति भएकाले पढेर सुझाव दिन पाठकसँग आग्रह गरे ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १० : २८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम