घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित | Khabarhub Khabarhub

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

एक वर्षमा २४ उजुरी, १८ मा मिलापत्र


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीका अनुसार चालू आव ०७८/७९ को हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएकोमध्ये १८ वटा मिलापत्र भएको छ ।

यस्तै आव ०७७/७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा परेकाे थियो । जसमध्ये ६० वटा मिलापत्र भएको छ । यस्तै आ.व ०७६/७७ मा ६१ वटा घरेलु हिंसाको निवेदन परेको छ । जसमध्ये ५२ वटा मिलापत्र भएको छ ।

प्रहरीमा आएको उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान-लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाहलगायतको घटना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताए । प्रहरीमा आएको उजुरीमा धेरैजसो घरेलु हिंसाका घटना रहेको कार्कीको भनाइ छ ।

उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटनाहरू बढ्दै गएको देखिएको छ । घटना पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनी भन्छन्, ‘हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो ।’

पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाको आउने गरेको राइनास नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक धनकुमारी गुरुङले बताइन् ।

कुटपिट गरेको, महिला हिसाका बारेमा खान लाउन नदिएकोलगायतका उजुरी आउने र त्यस्ता उजुरीमा दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गराएर मिलाउने गरिएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ११ : १७ बजे

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक