जापानी भूमिको त्यो दु:खदायी मृत्यु « Khabarhub
Live on

RADIO CANDID

Your Voice, Your Power

0%

जापानी भूमिको त्यो दु:खदायी मृत्यु



काठमाडौँ– विस्मा रत्ननायकेले आफू बच्चा हुँदा नै टेलिभिजन ड्रामाको एउटा पात्र ओसिनबाट प्रभावित भएकी थिइन् । जो गरिबीबाट हुर्किएकी एउटी केटी सुपर मार्केट चेनको प्रमुख भएकी थिइन् ।

नायिका बन्ने उनको चाहना र इच्छालाई बाबुले पनि साथ दिईरहे । यही साथले कोलम्बोभन्दा उत्तर पश्चिमको सानो गाउँ गाम्पालबाट जापान जाने रहरका साथ उनले जापानी भाषा सिकेकी हुन् ।

जब उनका बाबुको निधन भयो, आमालाई कुनै दु:ख नहुने र अङ्ग्रेजी भाषा सिकेर पैसा कमाएर पाल्न सक्ने कुरामा विश्वस्त तुल्याएकी थिइन् । २०१७ मा नयाँ ढङ्गले जीवन बिताउन आर्थिक पाटोलाई फेरी व्यवस्थित गर्ने चुनौती त्यस परिवारमा आइलागेको थियो । ती युवती विद्यार्थी भिसामा जापानी शहर नारितामा आइपुगेका थिइन् । तीन वर्ष पछि जापानमै उनले देह त्यागिन् ।

भिसा समाप्त भई सकेपछि जापानमा बसोबास गरी रहेकी उनलाई अध्यागमनले गिरफ्तार गरेको हो । यसै गिरफ्तारीसँगै ६ मार्च २०२१ मा ३३ वर्षको उमेरमा उनको देहलीला समाप्त भयो । रत्ननायकेको गिरफ्तारी र मृत्यु अहिले जापानमा चर्चाको विषय बनेको छ । साथै यसले त्यहाँको अध्यागमन कानुन र विदेशी नागरिकको उपचारका बारे नयाँ बहसको सुरुवात गरेको छ ।

जापानका आप्रवासीको कानुन निर्माताहरूको सञ्जालले दिएको जानकारी अनुसार अध्यागमनले गिरफ्तार गरेका मध्ये १९९७ यता २७ जनाले ज्यान गुमाइ सकेका छन् ।

उनको निधनलाई पनि पारदर्शिताको अभावको रूपमा व्याख्या गरिन थालिएको छ । जापानको अध्यागमन शैलीको विरोध हुन थालेको छ । साथमा, त्यहाँ रहेका जापानीहरूको आवाज यसको विरुद्धमा उठ्न थालेको छ ।

२९ वर्षमा जापान पुगेकी उनको फेसबुक स्ट्याटस साथीहरूसँग रमाइलो गरेको र जापानमा रमाइ रहेका पोस्टले भरिएका हुन्थे । श्रीलङ्काका रहेका उनका बहिनीहरू वायोमी र पूर्णिमाले उनले जापानी भाषा सिकी रहेको मात्र बुझेका थिए । दिदी समस्यामा परेको संकेत समेत उनीहरूले कहिले पनि पाएका थिएनन् । २९ वर्षीया वायोमी रत्ननायके त दिदी सधैँ खुसी भएकोमा ढुक्क नै थिइन् ।

बहिनीहरूलाई उनकी दिदी २०१८ देखि जापानी भाषाको कक्षामा उपस्थित हुन नसकेको तथा कक्षाबाट बाहिर निकालिएको कुरा पत्तो थिएन । त्यसै महिनाको सेप्टेम्बरमा शरणार्थीको रूपमा आवेदन दिनु अगाडी विस्माले एक कारखाना मजदुरको रूपमा काम सुरु गरेकी थिइन् । २०१९ को जनवरीमा उनको आवेदनलाई अस्वीकार गरियो । साथै उनलाई गैर कानुनी आप्रवासी भएको ठहर गरियो ।

उनको जापान बसाइ अवैध भएको ठहर भएसँगै घरमा फोन गर्ने क्रममा कमी आएको थियो । गत अगस्टमा मात्र उनको परिवार यसको कारणबारे जानकारी भएको थियो । त्यसै महिना रत्न नायके आफ्नो घरभन्दा टाढा जिओका क्षेत्रको प्रहरी स्टेसन गएकी थिइन् । उनी आफ्नो पार्टनरसँग छुट्ने चाहना सहित त्यहाँ पुगेकी हुन् ।

जापानमा थुनुवामा रहेका विदेशीलाई सहयोग गरी रहेको गैर नाफा मूलक संस्था स्टार्टका निर्देशक यासोनोरी मात्सुका अनुसार रत्ननायकेले आफ्नो भिसा सकिएको जानकारी गराएकी थिइन् । उनी यसका लागि नायोगी प्रान्तीय अध्यागमन ब्युरोमा जान चाहन्थिन् । तर, त्यहाँसम्म पुग्ने पैसा उनीसँग थिएन ।

मात्सुका अनुसार रत्ननायके यस पछि श्रीलङ्का फर्कने तयारी गरेकी थिइन् । यसपछि उनका पार्टनरले दुई धम्कीपूर्ण पत्र लेखेपछि उनी जापानमा नै अड्किएकी हुन् । पार्टनरले सजाय दिने भन्दै धम्क्याएका थिए ।

डिसेम्बर २०२० मा अध्यागमन विभागमा रत्ननायकेसँग भेटेकी मात्सुकै अनुसार पार्टनरले मारी हाल्ने की भन्ने डर ती श्रीलङ्काली युवतीमा थियो । २०२१ को मार्चमा टोकियोस्थित श्रीलङ्काली दूतावासले नै उनको निधन भई सकेको भने पछि रत्ननायकेको परिवारले उनी गम्भीर समस्यामा परि सकेको कुरा थाहा पाएको थियो ।

त्यसपछि रत्ननायकेको परिवारले प्रमाण माग गरे, त्यो प्राप्त भएको थिएन । उनकी बहिनीहरू तथ्य पत्ता लगाउन अर्को महिना जापान पुगेका थिए । जब उनीहरू जापान पुगे नागयोमा आफ्नी दिदीलाई कफनमा भेटे । दुब्लाएकी उनी चिन्न पनि नसकिने भएकी थिइन् । बहिनी पूर्णिमाकै अनुसार अन्तिम समयसम्ममा उनको दिदीको शरीरमा हाड र छाला मात्र बाँकी थियो ।

हिरासतमा बिताएको सात महिनामा उनको तौल २० किलो घटेको थियो । बहिनीहरू यसको कारण खोजी गर्न व्यस्त रहे । उनीहरू कस्टडीको अन्तिम दिनको समयको भिडियो माग गरे पनि त्यहाँका अधिकारीहरूले यसलाई बारम्बार अस्वीकार गरे ।

तीन महिनासम्म रत्ननायके बहिनीहरू र उनको कानूनी टोली तथ्य पत्ता लगाउन भौँतारी रह्यो । भिडियो भाग गर्दै उनीहरूले त्यहाँको अधिकारीहरूसँग भेट गरिरहे ।

उनीहरूको यो आवाजको सर्वत्र समर्थन भयो । मानव अधिकारवादीहरूले यसको समर्थन गरे भने संसद्मा पनि यस विषयले प्रवेश पाउन सफल भयो । यसै समयमा जापानमा अध्यागमन विधेयकका बारे छलफल भईरहेको थियो ।

दुई पटक शरणार्थीको निम्ति गरेको प्रयास असफल भएर घर फर्काइने कानूनका बारे पनि छलफल भईरहेको थियो । यसको उद्देश्य जापानमा आप्रवासीको सङ्ख्या घटाउने भन्ने हो । जापानका अध्यागमनको डाटा अनुसार नै २०२० मा जापानमा यसरी गिरफ्तार हुनेहरूको सङ्ख्यामा १०५४ ले वृद्धि भएको थियो ।

तर, राष्ट्र सङ्घ निकट समूह लगायत मानव अधिकारवादी निकाय जापानको यस नीतिमा सहमत भईरहेका थिएनन् । यसबीचमा जापानमा विदेशीहरू माथि कस्तो खालको व्यवहार भईरहेको छ भन्ने बहसले स्थान पाएको तथा यस बहसमा रत्ननायकेको मृत्युको विषय अझ पेचिलो बनेको ती विदेशीलाई सहयोग गरिरहेका अध्यागमन अधिवक्ता कोसुके ओइ बताउँछन् ।

पछिल्लो समय जापानले बढी विदेशी कामदारलाई स्वीकार गरिरहेको छ । २०१८ मा प्रधानमन्त्री सिन्जी आवेले प्रस्तुत गरेको ३ लाख ४० हजार हाइ सिपमूलक विदेशीलाई न्यून ज्यालादारमा राख्ने कानून स्वीकृत भईसकेको छ । २०२२ को सुरुवातदेखि केही सिपमूलक कामका लागि विदेशी प्रति लचिलो बन्ने जापान सरकारले गत महिना घोषणा गरिसकेको छ ।

सरकारको यो घोषणका बाबजुद धेरै जना जापानमा धेरै सुधारको आवश्यकता भएको औँल्याउँदै रत्ननायकेको यो मृत्यु प्रकरणले धेरै कुराको उठान गरेको ओइ बताउँछन् । युनिभर्सिटी अफ एसेक्सकी रिसर्चर सानेइ फुजीता जापानको अध्यागमन विभागसँग अत्यन्त धेरै शक्ति भएको र यो पारदर्शी नभएको बताउँछिन् । उनकै अनुसार जापानको अध्यागमनको काममा अदालतको पनि न्यून उपस्थिति हुने गर्छ ।

जापानका अध्यागमनको नीति अनुसार गिरफ्तार भएका १९८ जनाले २०१९ मा भोक हडताल गरेका थिए । यसपछि मानव अधिकार सम्बन्धी संस्थाले अध्यागमनको विषयमा थप छानबिन गर्ने निकाय हुनु पर्ने आवाज उठाइ रहेका थिए । राष्ट्र सङ्घले जापानलाई मानव अधिकार सम्बन्धी मापदण्डका बारे राखेका विषयलाई बेवास्ता गरेको रत्ननायकेको प्रकरणले प्रस्ट पारेको फुजीता बताउँछिन् ।

अध्यागमनका कर्मचारी भने फुजीताको आरोपका बारे केही प्रतिक्रिया जनाउन चाहँदैनन् ।

गत अगस्टमा चिकित्सा क्षेत्रसँग सम्बन्धित तेस्रो पार्टीको उपस्थितिमै तयार पारिएको रिपोर्ट अनुसार नायोगा प्रान्तीय अध्यागमन विभागले उनलाई सही स्वास्थ्योपचार दिएको थिएन । अहिले जापानका उच्च अधिकारीसहित इमिग्रेसन सर्भिस एजेन्सीले यस प्रकरणमा क्षमा याचना गरी सकेका छन् ।

लामो प्रयास पछि रत्ननायकेका दिदी बहिनीलाई हिरासतमा रहेको अन्तिम दुई साताको सम्पादित भिडियो हेर्न पाए । परन्तु उनीहरूले आधा भन्दा धेरै हेर्न सकेनन् ।

पूर्णिमाले दिदीले सहेको यातना देखेर आफैँ बिरामी भएको प्रतिक्रिया दिएकी छिन् । वायोमी रत्ननायकेले भने आफ्नी दिदीलाई ओछ्यानबाट खसाली रहेको र नाकबाट सिँगान बगाउँदै गार्डहरू हाँसी रहेको दृश्य आफूले देखेको बताएकी छिन् ।

उनी लडे गार्डले आफै उठ्न भने पनि दिदी उठ्नै नसक्ने अवस्थामा पुगेको बहिनीहरू बताउँछन् । सत्य लुकाउने क्रममा भिडियोमा केही अंश सम्पादित पनि थियो । गत अक्टोबरमा भने संयोगवश यी दिदी बहिनीले सम्पादन नगरेको लामो भिडियो नै हेर्न पाए । मर्नुभन्दा एक दिन अघि रत्न नायकले उपचारका निम्ति याचना गरे पनि एम्बुलेन्स समेत बोलाएको प्रस्ट देखिन्छ ।

अहिले थुप्रै कानुनी बहस जापानमा भईरहेको छ । थुप्रै व्यक्ति हिरासतमा मारिएका थिए । तर, पनि रत्न नायके परिवारको यो आवाजले जापानमा आगामी दिनमा अध्यागमन अधिकारीको यो गलत व्यवहारमा कमी आउने अनुमान गरिएको छ ।

अध्यागमनकै अनुसार मर्नुभन्दा एक महिना अघि रत्ननायकेमा पेटको समस्या देखिएको थियो । बिस्तारै अन्य लक्षण पनि देखिन सुरु भईसकेको थियो । मात्सुकै दाबी अनुसार घर फर्कने कुरामा सहमत भएमा बिरामीलाई छाड्न सकिने व्यवस्था पनि छ । यसका बाबजुद रत्ननायकलेलाई चरम यातनामा हिरासतमा राखिएको थियो ।

मात्सुले जनवरीमा रत्ननायकेलाई अस्पतालमा लान या छाडी दिन भने पनि यसलाई बे वास्ता गरियो । सो समयमा उनी कमजोर भएर कलमसमेत राम्रोसँग समाउन नसक्ने भएकी थिइन् ।

अध्यागमन सुधारका लागि प्रयास गरिरहेकी कोइची किनीसोइ यी सबै निवेदन तथा अनुनय र विनयलाई गार्डले लुकाएको आरोप लगाउँछिन् । किनोसीताले उनले छुटकारा पाउन अन्तिम समयसम्म प्रयास गरेको बताएकी छिन् ।

गत महिना रत्न नायकेको परिवारले ठुला अधिकारीका विरुद्धमा मुद्दा दर्ता गरेका छन् । यस मुद्दाका बाबजुद कसलाई दोषी ठहर गर्ने भन्ने प्रश्न उब्जिएको छ । यो परिवारको प्रयास यसरी गिरफ्तार गरिएका धेरैका जित भएको ठहर गरिएको छ ।

अहिले थुप्रै कानुनी बहस जापानमा भईरहेको छ । थुप्रै व्यक्ति हिरासतमा मारिएका थिए । तर, पनि रत्न नायके परिवारको यो आवाजले जापानमा आगामी दिनमा अध्यागमन अधिकारीको यो गलत व्यवहारमा कमी आउने अनुमान गरिएको छ ।

-विभिन्न एजेन्सीको सहयोगमा


0