यी हुन् घरबाट धनको हानी हुने धार्मिक मान्यता | Khabarhub Khabarhub

यी हुन् घरबाट धनको हानी हुने धार्मिक मान्यता


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घरको वास्तु ठिक आवश्यक छ, अन्यथा सफल, सुखी, सम्पन्न र स्वस्थ जीवन पाउन कठिन हुने वास्तुशास्त्रको मान्यता छ । यस्तो वास्तु शास्त्रको केही जरूरी नियमको पालना गर्न आवश्यक रहन्छ । साथै अचानक खर्च बढेमा, बिना कारण धन खर्च हुन थालेमा पनि वास्तु कारक रहने वास्तु शास्त्रको मान्यता छ । यस्तोमा केही उपाय अपनाउनु पर्दछ ।

क) धारा चुहिनु

बन्द धाराबाट पनि पानी चुहिनु केवल पानीको नाश मात्र होइन यसले घरको धन र सम्मानमा पनि हानी पुर्‍याउने वास्तुको मान्यता छ । वास्तु शास्त्रमा धारा चुहिनु अशुभ मानिन्छ । तसर्थ घरका धारमा यी समस्या भए यसलाई तत्काल मर्मत गर्नु पर्दछ ।

ख) दक्षिणमा ढुकुटी राख्नु

घरको सुख–समृद्धि पाउन घरको ढुकुटी सही स्थानमा हुन आवश्यक छ । वास्तु शास्त्र अनुसार ढुकुटीको मुख दक्षिण दिशामा फर्केको हुनु हुँदैन । अन्यथा धनको हानी हुनसक्छ । घरको ढुकुटी उत्तर दिशातर्फ खुल्ने भएमा यसलाई राम्रो मानिन्छ ।

ग) भान्सामा जुठा भाडा

रातको खानापछि धेरैले जुठा भाडा राख्ने गर्दछन् । तर वास्तु अनुसार यो गलत हो । रातभर जुठा भाडा छाडेमा यसले स्वास्थ्य हानी पार्न सक्ने र घरमा नकारात्मक ऊर्जाको वास हुने वास्तु शास्त्रको मान्यता छ ।

घ) घरको मुख्यद्धारमा फोहोर

घरको मुख्यद्वारमा फोहोर हुनु राम्रो होइन । साथै ढोकामा फोहोर थुपार्नु पनि हानिकारक मानिन्छ । यस्तो भएमा घरमा धनको अभाव हुने मान्यता छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम