‘चीनसँग २०३० सम्म १ हजार आणविक हतियार’ | Khabarhub Khabarhub

‘चीनसँग २०३० सम्म १ हजार आणविक हतियार’


२१ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– चीनसँग ठूलो परिणाममा आणविक हतियार हुन सक्ने अमेरिकाले दाबी गरेको छ । चीनले अनुमान गरेभन्दा बढी आणविक हतियार विकसित गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको हो ।

रक्षा मन्त्रालयको एक पछिल्लो प्रतिवेदनअनुसार सन् २०२७ सम्म चीनसँग ७०० ओटा आणविक हतियार हुनेछ । चीनले आणविक हतियारको सख्ंयालाई सन् २०३० मा १ हजार पुर्‍याउने प्रतिवेदनमा उल्लेख छ ।

‘जनगणतन्त्र चीनले स्थल, समुद्र र वायुमा चल्ने आणविक शक्ति तीब्र पारिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

पछिल्लो समयमा अमेरिका, रसिया र चीनबीच आणविक होड चलेको छ । एक साताअघि मात्र चीनले आवाजभन्दा चाँडो पुग्ने आणविक हतियार परीक्षण गरेको थियो । चीनको परीक्षणपछि परम्परागत प्रतिद्वन्द्वी मुलुक अमेरिका झस्किएको थियो ।

यो होडमा उत्तर कोरिया पनि जोडिएको छ । प्रतिबन्धबाबजुद उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गरेको विश्व समुदायले बताउँदै आएको छ । उत्तर कोरियाको एक महिनामै तीन ओटा आणविक परीक्षण गरेको छ । एजेन्सी

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ३ : १२ बजे

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १