चाडपर्वमा हुने कालोबजारी रोक्न अनुगमनमा तीव्रता | Khabarhub Khabarhub

चाडपर्वमा हुने कालोबजारी रोक्न अनुगमनमा तीव्रता


२१ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- दशैँ लगायत चाडपर्वका समयमा बजारमा हुने कालोबजारी र न्यून गुणस्तरका सामान बिक्री नियन्त्रण गर्न संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन तीव्र पारेको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकरी बाबुराम अर्यालका नेतृत्वमा अनुगमन समितिले यही असोज ११ गतेबाट बजार अनुगमन थालेको थियो । समितिले हेटौँडा उपमहानगपालिकालगायत जिल्लाका अन्य गाउँपालिकाका ९५खाद्यान्न तथा किराना पसल, होटल, रेष्टुराँ र औषधि पसलको अनुगमन गरेको जनाएको छ ।

ती मध्ये ५७ खाद्यान्न तथा किराना पसलको अनुगमन गर्दा खरिद बिल पेश नगरेको एक पसललाई रु १५ हजार जरिवाना गरेको बताइएको छ । अन्य पसललाई प्रष्टरूपमा देख्ने गरी मूल्यसूची राख्न साथै ग्राहकलाई बिल दिन र भीडभाड नगरी कोरोनाबाट सुरक्षित रहन मापदण्ड पालना गर्न सुझाव समितिले दिएको थियो ।

त्यसैगरी अनुगमनका क्रममा हेटौँडाको स्कुलरोडमा रहेको तीनवटा फैन्सी स्टोरलाई खाता आद्यवधिक नगरेको पाइएकाले रु २५ हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकरी अर्यालले जानकारी दिए । समितिले दुई पसललाई जनही रु पाँच हजार र एउटा पसललाई रु १५ हजार जरिवाना गरिएको उनले बताए ।

यसअघि अनुगमन समितिले हेटौँडा–१० मा रहेको गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा अनधिकृत व्यक्तिले औषधि बिक्री गरेकाले कारबाही गरेको थियो । सो समितिमा उपभोक्तावादी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीको समेत सहभागिता थियो ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहीबार  १० : ३० बजे

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा

जनतामा रहेको निराशालाई सम्बोधन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा