विद्यालयका सबै शिक्षकलाई ल्यापटप | Khabarhub Khabarhub

विद्यालयका सबै शिक्षकलाई ल्यापटप


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप प्रदान गरिएको हो ।

विनियोजित रकमबाट प्रति शिक्षकलाई ७० प्रतिशत र शिक्षकको तर्फबाट ३० प्रतिशत बेहोर्ने गरी १५ शिक्षकलाई एक–एक थान ल्यापटप हस्तान्तरण गरिएको विद्यालयका प्रध्यानाध्यापक जनक अधिकारीले जानकारी दिए ।

शुक्रबार एक कार्यक्रमबीच ९ नम्बर वडाका वडाध्यक्ष कमलबहादुर खड्काले शिक्षकलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् । प्रत्येक कक्षाकोठामा श्रव्य दृश्य माध्यमको प्रयोग गरी सबै शिक्षकलाई सोको तयारीका लागि आवश्यक प्रशिक्षण दिई आगामी एक वर्षभित्र प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गरिने प्रधानाध्यापक अधिकारीले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १० : ४५ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन