किन गरिँदै छ मोबाइल दर्तालाई अनिवार्य ? | Khabarhub Khabarhub

किन गरिँदै छ मोबाइल दर्तालाई अनिवार्य ?


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीमा गएकाहरुले स्वदेश फर्कदा ल्याउने उपहारको पहिलो रोजाइमा पर्छ—‘मोबाइल फोन सेट ।’ पछिल्लो समय विशेषगरी आफन्त वा परिवारका लागि स्वदेश फर्कदा मोबाइल फोन सेट उपहार स्वरुप ल्याउने प्रचलन बढेको छ ।

त्यसरी विदेशबाट ल्याइएका मोबाइल फोनहरु सम्बन्धित निकायमा दर्ता नगरी चलाउने गरिएको छ । तर आगामी साउन १ गतेदेखि भने विदेशबाट ल्याइएका मोबाइल फोन दर्ता नगरी नचल्ने भएका छन् ।
सरकारले मोबाइल ‘डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) सञ्चालनमा ल्याउन लागेसँगै अवैध रुपमा नेपाल भित्रिने मोबाइल फोन नचल्ने भएका हुन् ।

अवैध रूपमा मोबाइल भित्रिन नदिन सरकारले विगत ३ वर्षदेखि ‘इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी’ (आईएमईआई) नम्बर दर्ता प्रक्रियालाई अगाडि बढाएको छ ।

हालसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याइएका करिब डेढ लाख मोबाइल फोन सेट दर्ता भएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

यसअघि आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमडीएमएस सञ्चालनसम्बन्धी जानकारी दिएका थिए ।

एमडीएमएस सञ्चालनमा आइसकेपछि अवैध रुपमा भित्रिएका मोबाइल नियन्त्रण हुने सरकारको विश्वास छ ।

अहिले गुणस्तरहीन मोबाइल पनि भित्रिएको र ग्राहकलाई त्यस विषयमा जानकारी दिन नसकिएको प्राधिकरणका प्रवक्ता पौडेल बताउँछन् ।

राजस्व छली गरी नेपाल भित्रिने मोबाइल सेटलाई नियन्त्रण गर्ने प्रयोजनका लागि मात्र यो व्यवस्था बनाइएकाले अरूले डराउनु नपर्ने प्रवक्ता पौडेलले खबरहबलाई बताए ।

‘व्यापारीहरुले अवैध रुपमा मोबाइल सेट ल्याएर बिक्री गरिरहेका छन् तर यो व्यवस्था लागू भएपछि यसो गर्न पाउँदैनन्, अनिवार्य दर्ता हुनैपर्छ नत्र मोबाइल चल्दैनन्’ उनले भने, ‘उनीहरुलाई राजस्वको दायरामा ल्याएर राजस्व बढाउने उद्देश्य पनि हो ।’

उनका अनुसार अपराध अनुसन्धान र मोबाइल सेट हराएमा पनि आईएमईआई नम्बर दर्ताले सहयोगी भूमिका खेल्ने छ । आईएमईआई दर्ताले आपराधिक घटना नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने सम्बन्धित निकायको विश्वास छ ।

विदेशबाट ल्याएर हालसम्म सञ्चालनमा आइरहेका मोबाइलहरु भने बन्द नहुने उनको भनाइ छ ।
‘अहिले चलाइरहेका मोबाइल पनि बन्द हुने हो कि भन्ने डर धेरैमा छ तर ती मोबाइल चल्छन्’ उनले भने, ‘तर साउन १ गतेपछि भित्रिने मोबाइलको आईएमईआई नम्बर दर्ता नभइ चल्दैनन् ।’

मोबाइलको आईएमईआई नम्बर कसरी थाहा पाउने ?

मोबाइल प्रयोगकर्ताले *#06# डायल गरी मोबाइलको आईएमआई नम्बर हेर्न सक्नेछन् । मोबाइलमा दुईवटा सिम लाग्छ भने दुईवटा आईएमआई नम्बर हुन्छ । दुईवटा सिम प्रयोगकर्ताले दुवै नम्बर दर्ता गर्नु पर्छ ।

यसरी गर्ने आईएमईआई दर्ता ?

आईएमईआई नम्बर दर्ता गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइडमा जानु पर्छ । जहाँ आईएमईआई नम्बर रजिस्ट्रेसन भन्ने लिंकमा गएर साइनअप गर्नु पर्छ ।

साइनअप गरेपछि त्यहाँ ‘न्यू इम्पोटर’ र ‘इन्डिभिजुअल एप्लिकेशन’ अप्सन देखिन्छ । इन्डिभिजुअल एप्लिकेशनमा क्लिक गरेसँगै एउटा फारम प्राप्त हुने छ । उक्त फारममा त्यहाँ बताएअनुसार जानकारी भर्नु पर्दछ ।

सरकारबाट उपलब्ध गराइएको कुनैपनि एउटा आधिकारिक परिचयपत्रको स्क्यान कपी पनि अपलोड गर्नु पर्छ ।

प्रवक्ता पौडेलले दिएको जानकारीअनुसार आयातकर्ता कम्पनीको हकमा भने उसले ल्याउन लागेको मोबाइल डिभाइसको आईएमईआई सामान आयात गर्नुपूर्व नै पाउँछन् । किनभने उनीहरुलाई प्राधिकरणले युजर आईडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । सोहीअनुसार आयातकर्ताले यो लिंकमा गएर लगइन गर्न सक्छन् । त्यहाँ टाइप अप्रुभल लिनेदेखि आईएमईआई नम्बर अपलोड गर्न सकिने सम्मको सुविधा छ ।

आईएमईआई नम्बर अपलोड भएसँगै प्राधिकरणमा निवेदन दिन सकिन्छ । उक्त निवेदनको आधारमा आईएमईआई नम्बर मान्य छ वा छैन सिस्टममार्फत जाँच हुन्छ । सबै मिलेपछि प्राधिकरणको सिस्टममा आईएमईआई नम्बर दर्ता हुन्छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ५ : ४८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम