माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै थापा समूह निर्वाचन आयोग जाने | Khabarhub Khabarhub

माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै थापा समूह निर्वाचन आयोग जाने


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरुले निर्वाचन आयोगमा उजुरी दिने भएका छन् ।

माओवादी छाडेर एमालेमा लागेका कारण पदमुक्त भएका रामबहादुर थापा (बादल) सहितका नेताहरुले माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै आयोगमा उजुरी दिन लागेका हुन् ।

२०७१ सालदेखि माओवादी पार्टीको महाधिवेशन नभएको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको थापा समूहको आरोप छ ।

गत फागुन २३ मा सर्वोच्च अदालतले साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेसँगै पूर्व माओवादी र पूर्व एमाले ब्युँतिएका थिए । माओवादी केन्द्र र एमाले ब्युँतिएसँगै एमालेतिर लागेका तत्कालीन प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।

पार्टीले कारबाही गरेसँगै उनीहरु पदमुक्त भएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ०२ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा