अध्ययनले भन्छ– सातामा दुइपटक माछा खानाले आयु २ वर्ष बढ्छ | Khabarhub Khabarhub

अध्ययनले भन्छ– सातामा दुइपटक माछा खानाले आयु २ वर्ष बढ्छ


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछाको स्वादका कारण यसको पारखिहरु धेरै छन् । तर माछा केवल स्वादिलो मात्र होइन, स्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्त लाभदायक मानिन्छ । एक अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुने देखिएको छ ।

एनल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित अध्ययन अनुसार नियमित माछा खानेहरुको आयु लामो हुन्छ । हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले करीब २ हजार ७ सय जनाको स्वास्थ्य र खानपानको सर्वेक्षणपछि यस्तो तथ्य निकालेका हुन् ।

अध्ययनमा, जो व्यक्ति सातामा दुईपटक माछाको सेवन गर्छन्, उनीहरूको उमेर दुई वर्ष अझ बढ्ने देखिएको थियो । यति मात्र नभएर माछामा भएको ’ओमेगा ३’ फ्याटी एसिड उमेर वृद्घमिा सहयोगी मात्रै हुँदैन, यसले मुटु रोगले मृत्युको खतरा ३५ प्रतिशतसम्म कम गर्छ । बढी जीवित रहने सम्भावना २७ प्रतिशत बढाउँछ ।

अध्ययन अनुसार, रगतमा जति ’ओमेगा ३’ को स्तर बढी हुन्छ, मुटु त्यति नै स्वस्थ रहन्छ । उमेर बढ्नुका साथै तन्दुरुस्ती कायम रहनेछ । सातामा दुई पटक माछा खाँदा उमेर २.२ वर्ष बढ्ने उक्त अध्ययनमा दाबी गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ०१ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश