कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै भारत, एकैदिन थपिए ४ लाख १४ हजार बढी संक्रमित | Khabarhub Khabarhub

कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै भारत, एकैदिन थपिए ४ लाख १४ हजार बढी संक्रमित


२४ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस संक्रमणको दैनिक वृद्धिमा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो । यसअघि हिजो विहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या अझ बढेको हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ छ ।

यस्तै त्यहाँ एकैदिन ३९ सय २० संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ६ : ४२ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा