‘ह्यारी पोर्टर’ अभिनेता पलको निधन | Khabarhub Khabarhub

‘ह्यारी पोर्टर’ अभिनेता पलको निधन


२५ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– सन् २००९ मा रिलिज फिल्म ‘ह्यारी पोर्टर’ र ‘द हाफ ब्लड प्रिन्स’का ब्रिटिस अभिनेता पल रिटरको निधन भएको छ । उनी पछिल्लो समयमा ब्रेन ट्युमरको बिरामी थिए ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनी ५४ वर्षका थिए । उनको प्रतिनिधिले निधनको पुष्टि गरेका छन् ।

फिल्म ‘ह्यारी पोर्टर’मा विजर्ड एल्डरेड बोर्पलेको भूमिका निभाएका कारण पलले निकै तारिफ पाएका थिए । उनको परिवारमा पत्नी पोली र छोराहरु फ्रैंक र नोआह छन् ।

उनले सन् २००८ मा रिलिज जेम्स बोण्ड फिल्म ‘क्वेन्टम अफ सोलस’मा पनि अभिनय गरेका थिए । उनको जन्म डिसेम्बर २०, १९६६ मा ग्रेवसेण्ड केंटमा भएको थियो ।

उनको बाल्यकालको नाम साइमन पल एडम्स थियो । उनको पिता केन एडम्स कैयौं बिजुली स्टेसनमा एक टूलमेकरका रुपमा काम गर्थे ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  २ : १० बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित