सन्त नान इन एक प्रसिद्ध महात्मा थिए । उनी सामु एक विद्वान् धर्मज्ञान प्राप्त गर्ने आकाङ्क्षा लिएर आए । नान इनले उनलाई आदरपूर्वक बसाए, तर धेरै बेरसम्म बोलेनन् ।
चिया तयार भएपछि उनले कितलीबाट कपमा खन्याउन थाले । गिलास भरिएर नपोखिञ्जेलीसम्म उनले चिया कपमा खन्याइरहे ।
यो देखेर ती विद्वानले भने— यो तपाइँले के गरिरहनुभएको ! कप त भरिइसक्यो तर पनि तपाइँ चिया हालिरहनुभएको छ ?
सन्त नान इनले भने— यही कुरा म तपाइँलाई भन्न खोजिरहेको छु । तपाइँमा विद्वात्ता र बाहिरी ज्ञान पूर्ण भरिएको छ । यदि मैले धर्मको बारेमा केही भनेँ भने तपाईंभित्र त्यो जाने छैन । तपाइँका लागि त्यो व्यर्थ हुनेछ । जसरी कपको बाहिरको चिया व्यर्थ बगिरहेको छ । साँचो ज्ञान प्राप्त गर्नका लागि त भित्रबाट खाली हुनुपर्नेछ । पूर्वज्ञानको अहङ्कारबाट जबसम्म मुक्त हुनुनुहुन्न, साँचो ज्ञान हासिल हुँदैन ।
साभार – ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रतिक्रिया