गौर ‘हत्याकाण्ड’का पीडित न्याय माग्दै काठमाडौँमा | Khabarhub Khabarhub

गौर ‘हत्याकाण्ड’का पीडित न्याय माग्दै काठमाडौँमा


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गौर ‘हत्याकाण्ड’का पीडित न्याय माग्दै काठमाडौँ आएका छन् । घटनाको १४ वर्ष बितिसक्दासमेत न्याय नपाएको भन्दै पीडितहरू प्रधानमन्त्री निवास र मानवअधिकार आयोग पुगेका हुन् ।

शनिबार बेलुका प्रधानमन्त्री ओलीलाई उनकै निवासमा भेटेर पीडितहरुले ज्ञापन पत्र बुझाएका थिए । गौर हत्याकाण्ड संघर्ष समितिका संयोजक रूपसागर उपाध्यायको नेतृत्वमा १३ जना पीडितले संयुक्त रूपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव मुख्य अभियुक्त एवं योजनाकार भनिएको गौर हत्याकाण्डका हत्यारा अपराधीलाई वर्षौंसम्म पनि अनुसन्धानको दायरामा ल्याइ कारवाही नगर्नाले हामी पीडितको आँखा अगाडि नै अपराधी खुलेआम घुमी रहेको देख्नु पर्दा आफूहरुलाई थप पीडाबोध हुने गरेको प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

पीडितसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौर हत्याकाण्डको फाईल खोलेर कारवाही प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाए । उक्त घटना इतिहासमा एउटा कालो दाग रहेको बताउँदै प्रधानमन्त्री ओलीले अपराधीलाई कुनै पनि हालतमा उम्किन नदिने बताए ।

‘तपाईंहरुको पीडा म बुझ्न सक्छु । २७ जनाको विभत्स एवं निर्ममतापूर्वक हत्या गरिएको गौर हत्याकाण्ड इतिहासको एउटा कालो दाग हो । यस दागले तपाईंहरुलाई कुन हदसम्म पोल्छ, त्यो मैले बुझेको छु,’ प्रधानमन्त्रीको भनाइ उदृृत गर्दै एक जना सहभागीले भने, ‘तपाईंहरु ढुक्क हुनुस्, छानबिन आयोगले दिएको प्रतिवेदन छँदैछ, थप अनुसन्धानका लागि अब गौर हत्याकाण्डको फाइल खुल्छ । कोही पनि दोषी उम्किन पाउदैनन्, कारबाही हुन्छ ।’

त्यस्तै आइतबार बिहानै उनीहरुले न्यायका लागि पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगको ध्यानार्षण गराएका छन् । लगत्तै आज पत्रकार सम्मेलन गरेर उनीहरूले दोषीलाई कारवाही नभए भद्रकालीमा अनशन बस्ने बताए ।

‘२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा दिउसो १:४५ बजे उपेन्द्र यादवको नेतृत्वमा रहेको तत्कालीन मधेशी जनअधिकार फोरमले पेशेवर अपराधिक समूहको जत्थाको उपयोग गर्दै सुनियोजित रुपमा भिषण एवं अमानवीय एवं नरसंहारकारी, आक्रमणबाट २७ जना सर्वसाधारणको मृत्यु र सयौँको सख्यामा निर्दोष नागरिकहरु घाईते भएका थिए । स्वचालित वन्दुक, धारिलो हतियार लगायत ढुङ्गा इट्टाको प्रयोग गरी अझ महिलाहरुलाई बाँसको भाटाले संवेदनशील अंगहरुमा घोचेर, बलात्कार गरी स्तन काटेर छट्पटीरहेको अवस्थामा जिउँदै आगो लगाएर हत्या गरिएको थियो । वक्तव्यमा भनिएको छ ।

‘व्यक्तिगत रिस इवी र राजनीतिक झडपको रुपमा नभई सुनियोजित र षडयन्त्रपूर्ण तवरबाट घटाइएको यस घटनाले मुख्यतः राष्ट्रिय स्तरका सबै राजनीतिक दल पहाडिया वर्गको राजनीतिक दल हुन यस्ता दल र यिनका कार्यकर्तालाई तराई मधेश क्षेत्रमा कुनै पनि हालतमा छिर्न र राजनीति गतिविधि सञ्चालन गर्न दिनु हुँदैन, पहाडिया वर्गलाई तराई मधेश क्षेत्रबाट आम रुपमा लखेट्नु पर्छ यहाँ मधेशी दलले मात्र राज गर्नु पर्छ भनी मधेशको नागरिकहरुलाई जातीय घृणा, द्वेष अपहेलनाका भ्रम फैलाइ मधेशको कथित मठाधीश र मसिहा बन्ने स्वार्थ लुकेको र शान्ति प्रक्रियामा रहेको नेकपा माओवादीको हत्या गरेमा आफुलाई अझ बढी उत्कृष्ठ एवं शक्तिशाली बन्ने अभिष्ट लालसा उपेन्द्र यादवमा निहित रहेको थियो,’ पीडितद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘घटनाको वास्तविक तथ्य पत्ता लगाउन गठन भएको छानबिन आयोगले बुझाएको प्रतिवेदनले घटनालाई राजनीतिक झडप नभई जघन्य एवं अमानुषिक र अमानवीय अपराध गरेको भनी निष्कर्ष दिए पनि अपराधमा संलग्न अपराधीलाई कानूनी दायरमा ल्याई कारवाई नगरेकोले रौतहट जिल्ला प्रहरी कार्यालयमा मिति २०६४ चैत २८ गते जाहेरी दर्ता भएको आज १४ वर्ष बितिसक्दा पनि कारबाही भएको छैन ।’

विज्ञप्तिमा भनिएको छ, ‘अमानवीय र विभत्स हत्या गर्ने गौर हत्याकाण्डका हत्यारा अपराधीहरुलाई वर्षाै वर्षसम्म पनि अनुसन्धानको दायरामा ल्याइ कारबाही नगरेको कारणले पीडितहरुको आँखा अगाडीनै अपराधीहरु खुलेआम घुमी रहेको देख्नु पर्दा हामीलाई अझ बढी पीडा बोध हुन गएकाले दोषीलाई कानून बमोजिम अविलम्ब कारबाही गर्नु पर्ने अन्यथा यस घटनालाई अन्तर्राष्ट्रिय न्यायालय वा निकायमा प्रस्तुत गरी अन्तर्राष्ट्रियकरण लगायत राष्ट्रियस्तर समेतमा विविध प्रकारका संघर्षका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने छौँ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ७ : १३ बजे

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्