पाँचौ विवाहपछि घर बेच्दै पामेला | Khabarhub Khabarhub

पाँचौ विवाहपछि घर बेच्दै पामेला


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड स्टार पामेला एण्डरसनले यसै वर्षको जनवरी पाँचौं विवाह गरिन् । उनले आफ्नो बडीगार्ड डे हेयहस्र्टसँग क्रिसमस इभमा विवाह गरेकी हुन् ।

एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले बैंकूवर आइल्याण्डमा रहेको घरमा विवाह गरेकी थिइन् । यो घर पामेलाको हजुरबुवा र हजुरआमाले कैयौं वर्ष अघि खरिद गरेका थिए ।

पतिलाई निकै प्रेम गर्ने पामेला क्यानाडा सिफ्ट हुन चाहन्छिन् । त्यहीकारण उनले मालिबु सहरको आफ्नो विशाली घर बेच्न लागेकी छन् । यसको मूल्य पनि निकै महंगो छ ।

पामेलाले यो घरको मूल्य १४ दशमलब ९ मिलियन डलर राखेकी छन् । यो मूल्य निकै महंगो मूल्य मानिएको छ ।

यो घरमा चारवटा कोठा छन् । यसलाई फिलिप वरोचले डिजाइन गरेका हुन् । पामेलाको क्यानाडामा हजुरआमाको घर छ । कोरोना महामारीका समयमा पामेल र उनका पतिसँगै थिए ।

पामेला चर्चित टेलिभिजन रियालिटी शो ‘बिग बोस ४’को हिस्सा थिइन् । सलमान खानले होस्ट गर्ने यो शोमा पामेला केही समयको पाहुना थिइन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  १ : ३० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम