बोल्ट र फ्लेप्स युगपछिका सम्भाव्य नायक | Khabarhub Khabarhub

बोल्ट र फ्लेप्स युगपछिका सम्भाव्य नायक


२३ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— हरेक खेलकुदका आआफ्नै महत्त्व र विशेषता छन् । प्रतियोगिताको स्वरूपका आधारमा खेलको वर्गीकरण पनि हुने नै भयो । यीमध्ये ‘मास गेम’ र ‘क्लास गेम’ वर्गीकरण महत्त्वपूर्ण मानिएको छ ।

धेरै दर्शक हुने र भिड जम्मा हुने टिम गेमको महत्त्व धेरै हुन सक्छ । वैज्ञानिक मानिएका तथा उत्कृष्ट भन्ने प्रष्ट मापन भएका खेलको आआफ्नै महत्त्व छ । यसै कारण संसारमा एथलेटिक्सलाई फादर अफ स्पोर्ट्स मानिएको हो । ओलम्पिक खेलकुद समारोह पनि अन्ततः एथलेटिक्स, पौडी र जिम्न्यास्टिकको कारण चर्चामा रहने गरेको छ ।

विगतमा भएका ओलम्पिकहरूले धेरै स्टारको उदय गराएका छन् । सन् ८० को दशकका स्टार कार्ल लुइसको प्रभाव लामो समय रह्यो ।

सन् २००० र २०१० का ओलम्पिक नायक माइकल फ्लेप्स तथा युसेन बोल्टपछिको युग कस्तो रहने हो भन्ने धेरैको चासो छ । यी दुईका अभाव लामो समय विश्व खेलकुदले महसुस गर्नेछ ।

ओलम्पिक खेलकुदमा कुन खेलाडी कस्तो लयमा रहने हो भनेर अनुमान गर्न पनि सजिलो छैन । तथापि, सन् २०१९ मा भएका विश्व च्याम्पियनसिपका आधारमा विज्ञहरूले लख काटेका छन् ।फेरि पनि ओलम्पिकमा विगतझैँ निःसन्देह एथलेटिक्स, पौडी र जिम्न्यास्टिकमै को बढी चासो हुनेछ ।

त्यसो त सन् २०२० मा विश्व खेलकुद धेरै प्रभावित भएका कारण यो वर्षको ओलम्पिक खेलकुदको परिणाम अनुमान गर्न सजिलो छैन । सन् २०१९ सम्मको प्रदर्शन र सन् २०२० मा भएको केही प्रदर्शनका आधारमा अनुमान गर्न भने सकिन्छ ।

सन् २०२० मा जापानमा हुने भनिएको ओलम्पिक खेलकुद कोरोना महामारीका कारण सन् २०२१ का लागि तय भएको हो । अहिले पनि खेल हुनेमा सन्देह नभएको होइन । गत वर्ष नियमित खेल हुन पाएन ।

यस्तो अवस्थामा ओलम्पिक खेलकुदमा कुन खेलाडी कस्तो लयमा रहने हो भनेर अनुमान गर्न पनि सजिलो छैन । तथापि, सन् २०१९ मा भएका विश्व च्याम्पियनसिपका आधारमा विज्ञहरूले लख काटेका छन् ।फेरि पनि ओलम्पिकमा विगतझैँ निःसन्देह एथलेटिक्स, पौडी र जिम्न्यास्टिकमै को बढी चासो हुनेछ ।

सन् २०१६ को रियो ओलम्पिककी नायिका सिमोन बाइल्स सन् २०२० को टोक्यो ओलम्पिकमा पनि छाउने अनुमान गरिएको थियो । रियो ओलम्पिकमा बाइल्सले टिम स्पर्धासहित चार स्वर्ण र एक कास्य पदक जितेकी थिइन् ।

सन् २०१९ को विश्व च्याम्पियनसिपमा भने अवस्था फरक भइसकेको थियो । रियोमा कास्य पदक जितेको ब्यालेन्स बिममा उनले सन् २०१९ को विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी हुन् ।

सन् २०१७ को विश्व च्याम्पियनसिपमा भने बाइल्स सहभागी थिइनन् । अलराउन्ड, भल्ट र फ्लोरमा त उनको पकड अझ लामो समय कायम रहने खेल समीक्षकहरू बताउँछन् ।

सन् २०१९ को विश्व कपमा अलराउन्डमा स्वर्ण पदक जितेकी मोगार्न हर्डलाई टोक्यो ओलम्पिकमा स्टार हुने अनुमान गरिएको थियो ।

पौडीको हकमा यो एक वर्षले धेरै फरक ल्याउन सक्नेछ । सन् २०१९ को फर्मलाई आधार मान्ने हो भने केलेब ड्रेसेल ओलम्पिकमा छाउने अनुमान थियो । ओलम्पिक त आयोजना भएन परन्तु व्यवसायी च्याम्पियनसिपको रूपमा लोकप्रिय ‘आइएसएल’ मा ड्रेसेल छाएपछि उनी फेरि नायक हुने सम्भावना यथावतै मानिएको छ ।

सन् २०१९ को ओलम्पिकमा उनले ५० मिटर फ्रिस्टाइल, सय मिटर फ्रिस्टाइल, ५० मिटर बटरफ्लाई र सय मिटर बटरफ्लाईमा स्वर्ण पदक जितेका थिए । साथै चार गुणा सय मिटर रिलेको पुरुष र मिक्स स्पर्धा गरी उनले ६ स्वर्ण पदक जितेका थिए ।

मिक्स मेड्ली र पुरुष मेड्लीको रिले स्पर्धामा उनी समावेश अमेरिकी टोलीले रजत पदक जितेको थियो । विश्व च्याम्पियनसिपमा ८ पदक जिते पनि ५० मिटर बटरफ्लाई र मिक्स फ्रिस्टाइल ओलम्पिकमा समावेश नभएका कारण ६ पदक ओलम्पिकमा पनि जित्ने अनुमान थियो । उनी कुन लयमा रहने हुन्, प्रतीक्षाको विषय बनेको छ ।

पौडीकै केट्टी लेडेक्की फेरि पनि छाउने अनुमान थियो । विश्व च्याम्पियनसिपमा चोटका कारण १५ सय मिटर स्पर्धामा सहभागी नभए पनि ८ सय मिटरमा स्वर्ण पदक जितेकी उनले ओलम्पिकमा १५ सय र ८ सय मिटरमा सहजै स्वर्ण जित्ने अनुमान गरिएको थियो । साथमा ४ सय मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी एसियन टिमसँग कडा प्रतिस्पर्धा हुने लख काटिएको थियो ।

दुई सय मिटर फ्रिस्टाइलमा धेरै खेलाडीको बीचमा प्रतिस्पर्धा हुने भए पनि चार गुणा २ सय मिटर फ्रिस्टाइल रिलेमा अमेरिका र अस्ट्रेलियाबीच बराबरीको टक्कर हुने अनुमान गरिएको थियो । लेडेक्की यसै खाले फर्ममा रहेकी थिइन् ।

अमेरिकी पौडीबाज रेगन स्मिथलाई भने कोरोना महामारीले ठूलो धक्का दिएको छ । तीन वटा विश्व कीर्तिमानधारी स्मिथको सन् २०२० को सुरको लय हेर्दा ओलम्पिकमा सय मिटर ब्याकस्ट्रोक, २ सय मिटर ब्याकस्ट्रोक, महिला मेड्ले रिलेमा र मिक्स मेड्ले रिलेमा स्वर्ण जित्ने अनुमान थियो ।

साथै २ सय मिटर बटरफ्लाईमा स्वर्ण जित्ने सम्भावना थियो । चार गुणा दुई सय मिटर फ्रिस्टाइलमा उनी अमेरिकी टोलीमा रहँदै स्वर्ण दिलाउन सक्ने अनुमान थियो । उनी १ सय मिटर बटरफ्लाइमा समेत टोलीमा रहने अनुमान थियो ।

स्मिथ पुरानो अवस्थामा फर्किसकेकी छैनन् । स्मिथ सही लयमा नभएकै समयमा अस्ट्रेलियाकी केली म्याककोनको प्रगति र फर्मले संसारलाई नै चकित पारेको छ ।

उनले सय मिटर ब्याकस्ट्रोकमा ५८ सेकेन्डभन्दा कम समयमा पौडने स्मिथपछि संसारकै दोस्रो खेलाडीको कीर्तिमान बनाएकी छन् ।

केली हाल शीर्ष बरियतामा छिन् । उनी यो वर्ष २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर मेड्लीमा समेत बरियताको शीर्ष स्थानमै छिन् । यो वर्ष दुई उत्कृष्ट खेलाडी स्मिथ र म्याककोनमा को बढी हाबी हुने हो भन्ने धेरैको प्रतीक्षा छ ।

यी बाहेक अन्य खेलमा केही स्टार पनि टोक्यो ओलम्पिकमा हेर्न लायक खेलाडीको रूपमा रहने छन् । ताइपेईकी ताइजुझे सबैभन्दा कम उमेरमा शीर्ष बरियता पाउने खेलाडीको रूपमा कीर्तिमान कायम गरेकी छिन् ।

सर्फिङकी क्यारोलिन र्माक्स आसन्न ओलम्पिककी हेर्न लायक खेलाडी हुन् । कम उमेरमै उनले पाएको सफलताले सबैलाई चकित पारेको छ । अमेरिकाकै ब्रिङटेन जुयनर आसन्न ओलम्पिकमा कम उमेरमै पदक जित्न सक्ने खेलाडीको रूपमा हेरिएकी छिन् । उनी १६ वर्षकी मात्र छिन् ।

आसन्न ओलम्पिकमा सबैका लागि हेर्न लायक पात्रको रूपमा नोह लायस रहेका छन् । कतिले उनलाई युसेन बोल्टको उत्तराधिकारी पनि ठानेका छन् ।

सुरुमा जिम्न्यास्टिक खेल्ने गरेका लायस १२ वर्षको उमेरमा ट्रायक एन्ड फिल्ड खेल्न सुरु गरेका हुन् । सन् २०१४ को युथ ओलम्पिक खेलकुदमा अमेरिकाको प्रतिनिधित्व गरेका उनले त्यहाँ स्वर्ण पदक जितेका थिए ।

सुरुमा हाई जम्पमा समेत जमेका उनी हाल सय र २ सय मिटर हेर्न लायक बनेका छन् । दोहाको विश्व च्याम्पियनसिपमा २ सय मिटरमा स्वर्ण पदक जितेका उनले सन् २०२० मा भने सय मिटरमा पनि सानदार प्रदर्शन गरेका थिए ।

चार सय मिटर हर्डल्सकी विश्व कीर्तिमान धारी अमेरिकाकी डालिया मोहम्मद अर्की हेर्न लायक खेलाडी हुन् । एकपछि अर्को विश्व कीर्तिमान कायम गर्दै आएको मोहम्मदसँग कसैको पनि प्रतिस्पर्धा समेत नहुने लख समेत काटिएको छ ।

विश्व कीर्तिमान धारी स्विडेनका पोल भोल्ट खेलाडी आरमन्ड डुप्लान्टिस आसन्न ओलम्पिकका अर्का हेर्न लायक खेलाडी हुन् । सन् २०२० मै भएको डायमन्ड लिगमा उनले स्वर्ण विश्व कीर्तिमान कायम गरेका हुन् ।

युगान्डाका जोसा चेप्टागाइले सन् २०२० मै दुई विश्व कीर्तिमान बनाए । उनी निःसन्देश हेर्न लायक खेलाडी हुनेछन् । सन् २०१४ मा अमेरिकामा भएको जुनियर विश्व च्याम्पियनसिपबाट उदाएका जोसाले सन् २०१७ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका थिए । दोहामा सन् २०१९ मा भएको विश्व च्याम्पियनसिपमा उनले १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।

उनले जसरी प्रगति गरिरहेका छन्, त्यसलाई आधार मानेर अब केही वर्ष उनले आफ्नो कीर्तिमान आफैले भङ्ग गर्दै जाने अनुमान गरिएको छ ।

मध्य तथा लामो दूरीमा विगतदेखि नै केन्या र इथोपियाको दबदबा छ । त्यो क्रम आसन्न ओलम्पिकमा पनि रहनेछ । इथोपियाकै लिटेसिन्बेट गीले अर्की हेर्न लायक धाविका हुन् । उनले यसै वर्ष भ्यालेन्सियामा भएको डायमन्ड लिगमा विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले आफ्नो कीर्तिमान आफैले भङ्ग गर्न सक्ने अनुमान गरिएको छ ।

भारोत्तोलनमा यसपटक उत्तर कोरियाका ओम युन चोल नै नायक हुने धेरैको अनुमान छ । विश्व कीर्तिमान धारी उनी लामो समयदेखि उत्कृष्ट लयमा छन् । एकपछि अर्को कीर्तिमान बनाएका उनले आफ्नो कीर्तिमान आफैँले भङ्ग गर्न सक्ने सम्भावना पनि धेरैले देखेका छन् ।

विश्वको यो खेल महोत्सव कुन समयमा हुन्छ या हुँदैन भन्ने त अझै अनिश्चित नै छ । तथापि शक्ति राष्ट्रहरूले आफ्नो तयारी तीव्र बनाएका छन् ।

६१ किलोमा प्रतिस्पर्धा गर्ने चीनका ली बाफिन, ६७ किलोमा प्रतिस्पर्धा गर्ने ली जुयन, ७३ किलोमा सिझियोंग र ८१ किलोमा लुई झायोंग छाउने अनुमान छ ।

महिलामा पनि चिनिया खेलाडी नै छाउने अनुमान छ । ४९ किलोमा झियांग जुइया र ६७ किलोमा डेग विइ छाउने सम्भावना छ । डेग छ चीनकी सर्व कालीन उत्कृष्ट भारोत्तोलकको रूपमा रहेकी छिन् ।

सुटिङमा चीनका यु हानोन हेर्न लायक खेलाडीको रूपमा रहेका उनले पनि विश्व कीर्तिमान कायम गर्न सक्ने अपेक्षा गरिएको छ ।

विश्वको यो खेल महोत्सव कुन समयमा हुन्छ या हुँदैन भन्ने त अझै अनिश्चित नै छ । तथापि शक्ति राष्ट्रहरूले आफ्नो तयारी तीव्र बनाएका छन् ।

चीन अमेरिका र बेलायतजस्ता शक्ति राष्ट्रले तयारी गरिरहँदा रुसमाथि प्रतिबन्ध लागेको छ । रुसका खेलाडीले व्यक्तिगत रूपमा सहभागी हुन सक्नेछन् ।

दक्षिण एसियाको हकमा भारतीय हक्की टोली र पाकिस्तानी हक्की टोलीमाथि सबैको आशा हुनेछ । साथमा भारतीय बक्सिङ टोली तथा सुटिङ टोलीको प्रदर्शनमा पनि धेरैको चासो रहनेछ ।

टेनिस स्टार सेरेना विलियम्सका लागि यो अन्तिम ओलम्पिक हुनेछ ।

धेरै परिणाम अनिश्चित रहे पनि के भन्ने सकिन्छ भने पौडीमा अमेरिका, अस्ट्रेलिया, जापान र चीनबीचको प्रतिस्पर्धा तथा एथलेटिक्सको मध्यम दूरीमा केन्या र इथोपियाको प्रभाव हेर्न लायक रहनेछ । युसेन बोल्ट युगको अन्त्यपछि स्प्रिन्ट स्पर्धामा अमेरिकाको पुनरागमन आसन्न ओलम्पिकको अर्को सम्भावना हो ।

दशकको यो पहिलो ओलम्पिकले नै शायद दशकका नायकको जन्म दिने छ । अपेक्षा गरौँ, यसै ओलम्पिकबाट उदाउने केही स्टारले लामो समय प्रभाव जमाउने छन् ।

एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : २० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम