भारतको उत्तराखण्डमा हिमनदी फुट्यो, १५० बढी बेपत्ता | Khabarhub Khabarhub

भारतको उत्तराखण्डमा हिमनदी फुट्यो, १५० बढी बेपत्ता


२५ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १५० भन्दा बढी बेपत्ता भएका छन् ।

गृहमन्त्री अमित शाहले प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाउन लागिएको जनाएका छन् । धौलीगंगासहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैंयन घर बगाएको खबर छ । बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

हिमताल फुटेपछि अर्को मुख्य नदी ऋषिगंगामा समेत आएको बाढीले कैंयन पुल समेत बगाएको छ । ऋषिगंगा तटीय आसपासका इलाकालाई खाली गर्न र सुरक्षित रहन भनिएको छ । चमोलीदेखि हरिद्धारसम्मको बस्तीलाई उच्च सतर्कतामा राखिको छ ।

आसाम पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ३ : ०८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम