एकमात्र सभापतिको उम्मेदवार बनाउने पौडेल समूहमा सहमति | Khabarhub Khabarhub

एकमात्र सभापतिको उम्मेदवार बनाउने पौडेल समूहमा सहमति


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पौडेल समूहमा एकमात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ । कांग्रेसको १४ औं महाधिवेशन आउन केही दिनमात्र बाँकी रहेका बेला संस्थापन इतर समूहका सभापतिका आकांक्षी नेताहरुबीच सोमबार साँझ छलफल भएको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहाटारमा पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । सो छलफलमा साझा उम्मेदवार बनाउने सहमति भएको एक नेताले जानकारी दिए । तर, सभापतिको उम्मेदवार को भन्ने विषयमा भने खुलाइएको छैन। तर, दुई दिनभित्र साझा उम्मेदवार घोषणा गरिने नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्यहरुसँग पनि छलफल गरेर उम्मेदवार घोषणा गर्ने सहमति भएको छ । मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ५६ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा