दुधे मकैको रोटी र आलुको खाजा बनाउने तरिका | Khabarhub Khabarhub

दुधे मकैको रोटी र आलुको खाजा बनाउने तरिका


२२ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (चारजनाको लागि) :

दुधे मकै चक्कुले छोडाएको  — २ किलो (किक्सचर नभएको ठाउँमा सिलौटोमा पिन्नु)
चिनी — १०० ग्राम (चिनी रोग भएकाले नराख्ने)
घ्यु — २०० ग्राम
पानी — १ चिया कप

तरकारी :

आलु मसिना   — आधा के.जी.
नुन खुर्सानी     — स्वाद अनुसार
घिऊ              — २ चम्चा
शुद्ध जिराको धुलो  — आधा चम्चा सानो चम्चा

रोटी बनाउने तरिका :

मकै व्लाण्डरमा राखेर पानी राख्दै पेल्ने । यो दूध जस्तै भएर निस्कन्छ । चिनी त्यही पिठोमा फिट्ने ।

फ्राई प्यानमा इच्छा अनुसार घिऊ राख्दै रोटी बनाउँदै जाने । पकाइसकेपछि छोपेर राख्ने ।

तरकारी :

आलु सफा गरी नतासिकन २ फग्लेटा पार्ने । कराही बसाउने । घिउ तताउने, मेथी पड्काउने, खुर्सानी फ्राई गर्ने र आलु ओइरिने ।

एकछिन फ्राई गर्ने । नुन बेसार राखेर २ चम्चा पानी राखेर छोपिदिने ।

पानी सुकेपछि राम्ररी फ्राई गर्ने र अन्त्यमा जिराको धुलो राखेर चलाएर झिक्ने । रोटी र तरकारी अति नै मीठो हुन्छ । इच्छाअनुसार अन्य तरकारी बनाउन सकिन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ११ : ५० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड