सीमा सुरक्षार्थ तिंकर नाकामा खटियो प्रहरी | Khabarhub Khabarhub

सीमा सुरक्षार्थ तिंकर नाकामा खटियो प्रहरी


२३ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको व्याँस गाउँपालिका—१ को उत्तरी नाका तिंकरमा नेपाल प्रहरीको टोली खटिएको छ । गत मङ्सिरयता तिंकरको छायाँलेकबाट तल झरेको प्रहरीलाई हेलिकप्टरमार्फत तिंकर पठाइएको हो ।

नेपालतिर भएर तिंकर पुग्न सकिने अवस्था नरहेपछि हेलिकप्टरमार्फत प्रहरी र खाद्य सामग्रीसहित तिंकर पठाइएको हो । तिंकरको छायाँलेकमा प्रहरी सइ हर्क महताको नतृत्वमा १३ जनाको टोली खटाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

नेपालको भूमि भएर तिंकर पुग्न पाँच दिन लाग्ने भएपछि सरकारले हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । हेलिकप्टरमार्फत सुरक्षाकर्मी तिंकर पठाउन जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई आग्रह गरेको थियो । पैदल जान निकै कठिनाइ छ । खाद्यान्न, हातहतियार र वन्दोवस्तीको समान लिएर जान सकिने अवस्था नभएपछि हेलिकप्टरमार्फत पठाइएको डिएसपी भट्टले बताए ।

मङ्सिर महिनामा छागरु झरेको नेपाल प्रहरीको टोली माथि उक्लिन सकेको थिएन । स्थानीयवासी भने गत वैशाखमा तिंकर पुगेका थिए तर प्रहरीको राशन, हातहतियार र जनशक्ति पठाउन सम्भव थिएन्, डिएसपी भट्टले भने, “स्थानीय भारतीय बाटोको प्रयोग गरेर गएका थिए तर प्रहरीलाई भारतको बाटो पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टर माग गरिएको हो ।”

यस्तै सीमा प्रहरी चौकी सीतापूलमा असई प्रकाश सिंहको नेतृत्वमा टोली खटाइएको छ । सीतापूलमा यो वर्ष बाह्रै महिना प्रहरी बसेको छे । सीतापूलको लागि प्रमुख र थप पाँच जनाको टोली पठाइएको छ ।

हेलिकप्टरमार्फत प्रहरीको लागि छ महिना पुग्ने खाद्यान्न, बन्दोबस्तीको समान पठाइएको छ । तीन हजार ८०० मिटर उचाइमा रहेको छायाँलेक प्रहरी अब मङ्सिरमा मात्रै छांगरु झर्ने बताइएको छ । छायाँलेकबाट चार घण्टाको पैदल बाटोमा नेपाल चीन सीमा स्तम्भ पिलर नम्बर १ रहेको छ । छायाँलेक प्रहरीले तिंकर गाउँको साथै चीनसँगको सीमा क्षेत्रसम्मको जिम्मेवारी पाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ताको निरीक्षण

दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र रहेको व्याँस गाउँपालिका—१ को छांगरु र तिंकरमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी प्रकाश अधिकारी नेतृत्वको टोलीले निरीक्षण गर्नुभएको छ । भारतको अतिक्रमित क्षेत्र नजिकै बस्ने नेपाल प्रहरीको अहिलेको अवस्थाबारे जानकारी लिन निरीक्षण गरेका हुन् ।

अहिले नेपाल प्रहरीको सीतापूलमा प्रहरीको भवन निर्माण शुरु हुँदैछ । भवन निर्माणको अवस्था, प्रहरीले भोग्नुपरेको समस्याबारे जानकारी लिन पहिलो पटक डिआइजी अधिकारी तिंकर प्रहरी चौकी पुग्नुभएको हो । निरीक्षणको क्रममा प्रवक्ता अधिकारीले सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षा कायम गर्न प्रहरी सक्षम रहेको बताए ।

व्यासको तिंकरमा बस्ने प्रहरीले लामो समयदेखि जीर्ण भत्किएको भवनमा बस्नु परेको छ । यो क्षेत्रमा दाउरा समेत पाइँदैन् । प्रहरीले यो क्षेत्रमा छ महिनासमेत बस्न निकै मुस्किल छ । यहाँ फोन हुन सक्दैन भने हावा तीव्र गतिमामा चल्ने गर्दछ । डिआइजी अधिकारीसँगै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति एसपी नरेन्द्र वम, जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टलगायतले व्यासको निरीक्षण गरेका छन् ।

सीतापुलमा प्रहरी भवन बन्दै

त्रिदेशीय सीमा नजिकै व्याँस गाउँपालिका—१ छांगरुस्थित सीमा प्रहरी चौकी सीतापूलमा नेपाल प्रहरीको भवन निर्माण हुने भएको छ । लामो समयदेखि जीर्ण भवनमा बस्दै आएका सीतापूल प्रहरीको लागि नयाँ सुविधासम्पन्न भवन निर्माण हुने भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा आठकोठे सुविधा सम्पन्न भवन निर्माण हुन लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टले बताउनुभयो । “भवनको लागि ठेक्का सम्झौता भइसकेको छ”, डिएसपी भट्टले भने, “भवन निर्माण प्रक्रिया अघि बढेको छ ।”

व्यासको छांगरु सीतापूलमा निर्माण हुने भवनको लागि कुल रु दुई करोड तीन लाख मा रोयल एलबी एण्ड एबी जेभी धनगढीसँग सम्झौता भएको छ । भवन निर्माणको लागि गत वैशाख १२ गते सम्झौता भइसकेको निर्माण व्यवसायी लालबहादुर वमले बताए । दुई वर्षभित्र भवन निर्माण कार्य सक्नुपर्ने छ ।

प्रकाशित मिति : २३ जेठ २०७८, आइतबार  १० : ३० बजे

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०