चिनियाँ लगानीकर्ताको ‘ओभर स्टे’ ले धराशायी गणपति इटा उद्योग | Khabarhub Khabarhub

चिनियाँ लगानीकर्ताको ‘ओभर स्टे’ ले धराशायी गणपति इटा उद्योग



काठमाडौँ– एकजना चिनियाँ लगानीकर्ताको ‘ओभर स्टे’ (भिसाको म्यादभन्दा बढी बसाइ) का कारण एउटा उद्योग धराशायी बनेको छ ।

चिनियाँ लागनीकर्ता चाङ सिङचोङलाई ‘ओभर स्टे’ का कारण अध्यागमन विभागले देश निकाला गर्ने निर्णय गरेपछि नवलपरासी (सुस्ता पश्चिम) को बर्दघाटमा ‘गणपति इटा उद्योग’ धराशायी बनको हो ।

विभागले गरेको निर्णयले चिनियाँ नागरिक सिङचोङले १४ करोड रुपैयाँको लगानीमा बर्दघाटमा पाँच वर्षदेखि चलाइरहेको इटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

उद्योग बन्द भएमा करिब ५० जना कामदारको रोजगारी, उद्योगको लगानी र प्रविधि गुम्ने उद्योग व्यवस्थापनको भनाइ छ ।

यसरी निकालिए चाङ दम्पती

गत वर्ष कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द रहँदा अध्यागमन विभागले उद्योगका मुख्य लगानीकर्ता चाङ र उनकी श्रीमती वाङ साइसियुको भिसा अवधि सन् २०२० जुलाई ९ तारिखसम्म थपेको थियो ।

यसपछि नेपालमा ‘ओभर स्टे’ गरेको ठहर गर्दै लकडाउनकै समयमा विभागले चाङ दम्पती चीन फर्किनु पर्ने र एक वर्ष नेपाल आउन नपाउने निर्णय गरेको थियो ।

विभागको उक्त निर्णयपछि गणपति इटा उद्योग बन्द हुने अवस्था आएको हो । यसअघिका महानिर्देशक रमेशकुमार केसीले नै उनीहरूलाई चीन फर्काउने निर्णय गरेका थिए तर अझै उनीहरूले नेपाल छाडेका छैनन् ।

विभागका सूचना अधिकारी झंकनाथ ढकालका अनुसार भिसा शुल्क, ओभर स्टे आदि हिसाब गरेर विभागले जरिवाना लिन्छ ।

अध्यागमन ऐन, २०४९ अनुसार नेपाल सरकारले निष्कासन गरेको विदेशीले निष्कासन गरिएको अवधिसम्म नेपालभित्र पुनः प्रवेश गर्न पाउँदैन ।

ऐनको दफा १० को उपदफा (२) मा निष्काशन गरिएको विदेशी निष्काशन गरिएको अवधिमा पुनः प्रवेश गरेमा पहिलोपटक २५ हजार रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद हुने प्रावधान छ । फेरि उल्लंघन गरेमा पटकैपिच्छे ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ ।

उद्योगका लगानीकर्ता चाङ दम्पती चीन फर्किनु पर्‍यो भने इटा उद्योग बन्द हुन सक्ने उद्योगका व्यवस्थापक सुनिल मगरको भनाइ छ । उनले भने, ‘हामीले अध्यागमन विभागले गरेको उक्त निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभागको एकल विन्दु सेवा केन्द्र र गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएको छौँ । दुवै जनाको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा राखेको छ ।’

उनका अनुसार अहिका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई पनि यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ । नेपाली व्यावसायिक साझेदारका कारण भिसा सम्बन्धी समस्या उत्पन्न भएको मगरको भनाइ छ ।

‘हामीले नचाहँदा नचाहँदै पटक—पटक लाखौँ रुपैयाँ जरिवाना तिरेर अध्यागमन विभागमा भिसा अपडेट गरिराख्यौँ,’ मगरले भने, ‘नेपाली साझेदारले कम्पनी अद्यावधिक नगरिदिएको र करसम्बन्धी विवाद उठेका कारण आज यो स्थिति आएको हो ।’

कम्पनीको विषयमा विवाद हुँदा ओभर स्टे गर्नु परेको, जरिवाना तिरेर पर्यटक भिसा लिनु परेको र कोभिड–१९ का कारणले समेत भिसा थप्न नसकेको उनको भनाइ छ ।

अध्यागमन विभागका सूचना अधिकारी ढकाल चिनियाँ नागरिक भिसा नलिई नेपाल बसेका कारण देश निकालाको निर्णय भएको बताउँछन् । ‘कुनै पनि विदेशी भिसाको समय अवधि सकिएपछि नेपाल बस्न पाउँदैन । जोसुकै भए पनि भिसा सकिएपछि देश निकाला गर्छौं,’ उनले भने, ‘चाङ सिङचोङको दम्पतीको भिसा अवधि सकिएर नै देश निकाला गरिएको हो ।’

नेपालमा लगानि गरेको भन्दैमा ओभर स्टे गर्न नपाउने उनको भनाइ छ ।

अडिट रिपोर्ट अलपत्र

नेपाली साझेदार व्यक्ति सन्दीप अधिकारीसँग साझेदारीमा चाङले इटा उद्योग चलाएका हुन् । शुरूमा राम्रो चलेको गणपति इटा उद्योगमा नेपाली साझेदारसँग विवाद भएपछि हिसाब किताब बिग्रँदै गएको उद्योग व्यवस्थापनको भनाइ छ ।

नेपाली साझेदारले कागजपत्रमा हस्ताक्षर नगरिदिनाले अडिट रिपोर्ट लगायत करसम्बन्धी विवाद भएकाले कम्पनी अपडेट हुन नपाउँदा व्यावसायिक भिसाको लिन नसकेको चिनियाँ मगरले बताए ।

चाङले चीनमा रहेको आफ्नो कम्पनी ‘रोङचङ सिटी हङ युन डेकोरेशन इन्जिनियरिङ लिमिटेड’ बाट नेपालमा लगानी ल्याएका थिए । उक्त कम्पनीले नेपालमा गणपति इटा उद्योगका लागि २०७३ वैशाखमा विदेशी लगानी स्वीकृत गराएको थियो ।

उद्योग अद्यावधिक हुन नसकेपछि चाङले उक्त उद्योगको सबै हिसाब तथा कर फरफारक गरे । उनले नेपाली साझेदाको शेयर समेत खरिद गरेर उद्योगको पूर्ण स्वामित्व लिएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयबाट उक्त उद्योगको शेयर लगत अद्यावधिक भइसकेको छ ।

नेपाली साझेदार अधिकारीसँग सम्पर्क गर्ने खबरहबको प्रयास सफल भएन । उद्योगबाट उनको नम्बर प्राप्त भए पनि फोन सम्पर्क हुन सकेन । उनी उद्योगको सम्पर्कमा नै नभएको फोन नम्बर दिने कर्मचारीले बताए ।

उद्योगका जग्गालाई लिजमा जग्गा दिएका जग्गा धनी जग्गाधनी बाबुराम बरहीका अनुसार आन्तरिक हिसाब र बैंक खाताको हस्तारक्षबारे विवाद थियो ।

अहिले नेपाली साझेदारी अधिकारीले सबै सेयर बेचिसकेका छन् । उनी कहाँ छन् भन्ने थाहा नभएको बरहीले बताए ।

 

 

 

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ९ : १० बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड