खाडीलगायतका देशमा कोरोना संक्रमण बढेपछि नेपाली राजदूतहरु बीच छलफल | Khabarhub Khabarhub

खाडीलगायतका देशमा कोरोना संक्रमण बढेपछि नेपाली राजदूतहरु बीच छलफल



दोहा- खाडी मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपाली राजदूतबीच छलफल भएको छ ।

नेपाली दूतावास ओमानको संयोजनमा खाडीलगायतका देशमा रहेका नेपाली राजदूत तथा उपनियोग प्रमुखहरुको सहभागितामा एक वेबिनार सम्पन्न भएको हो ।

मध्यपूर्वका मुलुकहरू तथा पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र मलेसियालगायतका मुलुकहरूमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि चालिएका कदम, खोपको अवस्था तथा यस सम्बन्धमा नेपालले चाल्नु पर्ने उपयुक्त कदमका सम्बन्धमा नेपाली राजदूतहरु र उप-नियोग प्रमुखहरूको सहभागितामा एक वेबिनार सम्पन्न हो ।

ओमानका लागि नेपाली राजदूत शर्मीला पराजुली ढकालले संयोजन गरेको कार्यक्रममा नेपाली दूतावास, रियादका राजदूत डा.महेन्द्रप्रसाद सिंह राजपूत, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाज र यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको सहभागिता थियो ।

यस्तै इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, दक्षिण अफ्रिकाको लागि नेपाली राजदूत डा. निर्मलकुमार विश्वकर्मा र इजिप्टको लागि नेपाली उप-नियोग प्रमुख दिपक घिमिरे पनि वेबिनारमा सहभागी थिए ।

कार्यक्रमका सहभागीहरूले आफू कार्यरत तथा सहप्रमाणीकृत मुलुकहरूमा कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव र त्यसको नियन्त्रणका लागि ती मुलुकहरूले चालेका प्रभावकारी कदमहरू तथा खोपको उपलब्धता र त्यसको प्रभावकारीताको सम्बन्धमा आ-आफ्ना अनुभवहरू आदानप्रदान गरेका थिए ।

साथै सहभागीहरूले नयाँ भेरियन्टको बढ्दो संक्रमण र जोखिमका कारण विभिन्न मुलुकहरूले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध तथा त्यस मुलुकमा रहेका नेपाली समुदायमा पर्ने प्रभावको सम्बन्धमा पूर्व सूचना, तयारी, उद्धार तथा राहत सम्बन्धमा आ-आफ्ना विचारहरू व्यक्त गरेका थिए ।

कार्यक्रममा आफ्ना विचारहरू प्रस्तुत गर्दै मलेसियाका राजदूत पाण्डेले ठूलो संख्यामा नेपाली श्रमिकहरू कार्यरत रहेका श्रम गन्तव्यहरूबाट स्वास्थ्य सतर्कता सम्बन्धी मापदण्डहरू कडाइका साथ पालन गर्ने गराउने गरी यथासक्य चाडो अन्तर्राष्ट्रिय उडान सुचारू गर्नका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

त्यसैगरी कतारका राजदूत डा. भारद्बाज तथा इजरायलकी राजदूत डा. शाक्यले यात्रुहरूको निगरानी गर्न तथा कोभिड-१९ को संक्रमणको रोकथामका लागि अवलम्बन गरिएका नियमहरूको पालना गराउन विभिन्न मुलुकहरूले प्रयोगमा ल्याएका मोबाइल एप्सहरू पनि महामारी नियन्त्रणमा सान्दर्भिक तथा प्रभावकारी देखिएकाले नेपालले पनि त्यस्तै प्रकारको एप्सहरू विकास गरी संचालनमा ल्याउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राजदूत पराजुली ढकालले महामारी नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गर्दै अर्थतन्त्रलाई चलायमान बनाई राख्न आर्थिक कूटनीति संचालनको जिम्मेवारीलाई पनि साथसाथै अगाडि बढाउनु पर्न कुरामा जोड दिँदै नेपालमा हरित हाईड्रोजन उत्पादनको सम्भावना र त्यसका लागि वैदेशिक लगानी आकर्षित गर्न सकिने सम्बन्धमा आफ्ना विचारहरू व्यक्त गरिन् ।

आगामी दिनमा आफू कार्यरत मुलुकमा कोरोना भाइरसको परिवर्तित प्रभाव र तहाँ कार्यरत नेपाली समुदायको स्थितिको बारेमा सूचना तथा जानकारी निरन्तर आदान-प्रदान गर्ने र सम्बन्धित मुलुकमा रहेका गैर-आवासीय नेपाली समुदाय लगायत विभिन्न नेपाली संघ संस्थाहरूसँग समन्वय गरी नेपाली समुदायलाई सुरक्षित राख्न आवश्यक पहल गर्नेबारे पनि छलफल भएको नेपाली दूतावास ओमानले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १० : ४० बजे

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित