आफूमाथि ‘बम प्रहार गर्ने’ लाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड | Khabarhub Khabarhub

आफूमाथि ‘बम प्रहार गर्ने’ लाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् ।

३२औँ जनआन्दोलन दिवसको सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मङ्गलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर, शायद मैले गल्ती गरेँ ।’

अहिले बादल गृहमन्त्री छन् । प्रचण्डले नाम नलिए पनि उनले बादलाई नै लक्षित गरेको अनुमान गरिएको छ ।

उनले पार्टीले अवसर पाउँदा सङ्गठनमा निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएर जीवनभर पार्टीका लागि संघर्ष गरेकालाई उपेक्षा गरेको भन्दै आत्मालोचना पनि गरे ।

प्रचण्डले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताए ।

उनले भने, ‘आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारीसाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु ।’
उनले आफूमाथि कुन दिन कहाँ बम प्रहार भएको थियो भन्ने केही बताएनन् ।

प्रचण्डले संविधान र व्यवस्थामाथिको षड्यन्त्र नरोकिएको र जनयुद्धबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताए ।

संविधानविरुद्ध देशभित्र र बाहिरबाट अनेक खालका प्रपञ्च भइरहेको उनको भनाइ थियो । यी यावत षड्यन्त्रविरुद्ध आफूले जनताको साथ खोजेको बताए । उनले देशभित्र र बाहिरबाट भइरहेका अनेक षड्यन्त्रविरुद्धको लडाइँ जारी रहने पनि बताए ।

प्रचण्डले भने, ‘अबको यो लडाइँ प्रतिक्रियावादविरुद्ध हतियारबिनाको नयाँ युद्ध हो, यसमा सबै जनताको साथ अपरिहार्य छ ।’

तस्वीर- गंगा दाहालको फेसबुकबाट

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ६ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम