कोरोना सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु | Khabarhub Khabarhub

कोरोना सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना भाइरस सङ्क्रमणबाट कतारमा थप तीन नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कतारमा तीन र रुसमा एक नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बताए ।

कतारमा पछिल्लो समय कोरोना संक्रमण त्रिब्र रुपमा फैलिरहेको छ । यहाँ पछिल्लो २४ घण्टा ९१० जनामा संक्रमण देखिएको छ भने ४८९ जना उपचारपछि निको भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा थप तीन संक्रमितको पनि मृत्यु भएको छ । ४४, ४५ र ५८ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ४४१ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ५७८ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४४२ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

हालसम्म ३०६ जनाले ज्यान गुमाएका छन् । थप तीन नेपालीको मृत्यु भएसंगै कतारमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या २१ पुगेको छ ।

अहिलेसम्म कतारमा ९ लाख ३४ हजार ८४३ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाउँदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाई गरिरहेको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन अनुरोध गरिरहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ९ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड