एनआरएन पोर्चुगलका कोषाध्यक्षकै संलग्नतामा नक्कली टिकट र फर्जी रेमिट्यान्स धन्दा ! « Khabarhub

एनआरएन पोर्चुगलका कोषाध्यक्षकै संलग्नतामा नक्कली टिकट र फर्जी रेमिट्यान्स धन्दा !

नक्कली टिकट र फर्जी रेमिट्यान्समा फसे दर्जनौँ नेपाली


२४ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  एनआरएन पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संलग्नतामा कुवेतमा दर्जनौँ नेपालीमाथि नक्कली टिकट बनाएर ठगी भएको खुलेको छ ।

नेपाल फर्कन पोर्चुगलको लिस्वन एयरपोर्ट पुगेका दर्जनौँ नेपाली नक्कली टिकटका कारण स्वदेश फर्कन नपाएपछि यस्तो रहस्य सार्वजनिक भएको हो ।

लगेजसहित उत्साहित भएर विमानस्थल पुगेका नेपालीहरू बोर्डिङ पासका लागि टर्किस एयरको काउन्टरमा पुग्दा उ टिकट नक्कली भएको भन्दै फर्काइएको भक्तपुरका  विजय धिमालले बताए ।

धिमालसहितका ११ जनाले प्रति व्यक्ति ६२० युरो अर्थात् नेपाली लगभग ७० हजार रुपैयाँ तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको खुलेको छ ।

उनीहरू सोमबार स्थानीय समयानुसार ११:५ को उडानमा नेपाल फर्कने तयारीमा थिए । तर, विमानस्थलको काउन्टरमा पुगेपछि टिकट देखाउँदा नक्कली टिकट भएको भन्दै आफूलाई बोर्डिङ पास नदिइएको उनले गुनासो गरे ।

पोर्चुगलको प्रहरीले नक्कली टिकट जारी गरेर दर्जनौं नेपालीलाई एयरपोर्टमा अलपत्र पार्ने लक्ष्मी ट्राभल्समा छापा पनि मारेको छ । प्रहरीले सो ट्राभल्सका सञ्चालक कुँवरसहितका अन्य कागजात जफत गरेको छ ।

तर, कुँवर र ट्राभल्सका कर्मचारी सम्पर्कमा नआएपछि टिकट गरेका तथा त्यहीबाट रेमिट्यान्स रकम पठाएका नेपालीहरू चिन्तित बनेका छन् | सोलु घर भएकी सोनु शेर्पा अब कहाँ बस्ने र के गर्ने भन्ने चिन्ताले सताएको बताउँछिन् ।

‘युरोपमा पनि यस्तो हुने रहेछ, टिकटको पैसा लिने तर नक्कली टिकट दिने, हाम्रो मान्छे नेपालमा लिन आएका छन्, अब के भन्ने, पैसा पनि साथमा धेरै छैन, अब कता गएर बस्ने, के खाने, उनले भनिन्।

कुँवर निलम्बित

ठगीमा संलग्न भएको भन्दै एनआरएन पोर्चुगलको आकस्मिक बैठकले कोषाध्यक्ष कुँवरलाई कारवाही गरेको छ ।

यसअघि पनि विभिन्न घटनामा मुछिदै आएका उनलाई सुध्रिन चेतावनी दिइएकोमा त्यस्तो नपाइएपछि निलम्बन गरिएको संघले जनाएको छ ।

तस्वीरहरू : खबर पोर्चुगल डट कमबाट ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ८ : १० बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग