अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

अब्राहम लिङ्कनको एक प्रेरक प्रसङ्ग


२२ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अब्राहम लिङ्कन कानुन विषयमा पोख्त बन्न चाहन्थे । त्यसका लागि धेरै कानुनका पुस्तक पढ्नुपर्ने हुन्छ । पुस्तक किन्न आर्थिक हैसियत उनीसँग थिएन ।

संयोगवश एकदिन उनले नदीपारिको एउटा गाउँमा अवकाशप्राप्त न्यायाधीश बस्छन् भन्ने थाहा पाए । न्यायाधीशसँग कानुनका प्रशस्त पुस्तक सङ्ग्रहित थिए ।

लिङ्कनलाई न्यायाधीश भेट्ने इच्छा जाग्यो । नदीमा पुल थिएन । अत्याधिक जाडोको समय थियो । त्यसको कुनै वास्ता नगरी लिङ्कन डुङ्गा लिएर नदी पार गर्न लागे । दुर्भाग्यवश नदीको बीच भागमा पुगेपछि डुङ्गा बरफको ठूलो पत्थरमा ठोकियो र डुब्यो । चिसोको कुनै वास्तै नगरी पौडँदै नदी पार गरेर उनी न्यायाधीशको घरमा पुगे ।

त्यसवेला न्यायाधीशको घरमा काम गर्ने नोकर विदामा घर गएको रहेछ । त्यही मौकामा न्यायाधीशको नोकरले गर्ने सम्पूर्ण काम लिङ्कनले गर्न थाले ।

काम सकिएपछि न्यायाधीशले लिङ्कनलाई पारिश्रमिक कति लिन्छौ भनेर सोधे । उनले पारिश्रमिकवापत कानुनका पुस्तक पढ्ने अनुमति मागे । न्यायाधीश अलमल्ल परे । लिङ्कनको पढाइप्रतिको लगाव र इच्छा देखेर न्यायाधीशले खुसीसाथ आफूसँग भएका सम्पूर्ण कानुनका पुस्तक पढ्न अनुमति थिए ।

साभार  : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : २२ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार