राजतन्त्र ब्यूँताउने राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनको उद्घोस् | Khabarhub Khabarhub

राजतन्त्र ब्यूँताउने राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनको उद्घोस्


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानूनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको कारण रहेको दाबी गरे ।

नेतृत्व हस्तान्तरणको व्यवस्था नहुँदा अरू पार्टीसँग मिलेर आफ्नै पार्टीका नेताले र अरू पार्टी पनि सरकार बनाउने र ढाल्ने कार्यले निरन्तरता पाएको उनको भनाइ छ ।

यसैको अन्त्यका लागि राप्रपामा नयाँ नेतृत्व ल्याउनुपर्ने निष्कर्षसहित आफूले उम्मेदवारी दिएको लिङ्देनले जानकारी दिए ।

आफू नेतृत्वको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको योगदान अझै पार्टीलाई आवश्यक रहेको बताए ।

राप्रपामा थापाले पुर्‍याएको योदानको उच्च रहेको भन्दै उनले निवर्तमान अध्यक्षत्रय थापा, जबरा र लोहनी अभिभावकको रूपमा मात्र होइन सक्रिय नेताको भूमिका पार्टीमा आवश्यक रहने बताए ।

कुनै तुष भए त्यसलाई फ्यालेर देश र जनताको हितमा काम गर्न सबै मिलेर अघि बढनुपर्ने लिङ्देनको भनाइ छ । कार्यक्रममा कमल थापा नआएकोमा खल्लो महसुस गरेका लिङ्देनले भने, ‘आजको यस कार्यक्रममा कमल थापा आउनु भएको भए सुनमा सुगन्ध हुने थियो ।’

अब राप्रपा नेतृत्व हस्तान्तरणको अभियानमा अघि बढ्ने उनको भनाइ छ । चुनौतीलाई अवसरको रूपमा लिएर राप्रपालाई देशको अग्रणी पार्टी बनाएर लैजाने बताउँदै उनले पार्टीको एजेण्डा स्थापित गराउन भूमिका निर्वाह गर्ने बताए ।

सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता जनाएका लिङ्देनले पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने बताए । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको छ ।

युद्धकालमा माओवादीका कार्यकर्ताको कुटाइबाट र एक दिनमात्र ढिलो उपचार भएको भए ज्यान जाने गरी बिरामीबाट बाँचेर आफू आएको भन्दै उनले भने, ‘अब पार्टीमा कुनै गुट छैन । अब हामी हिजोको कुरा लिएर हिँड्दैन । सबै यही बिर्सिएर जान्छौँ । म विरुद्ध मतदान गरेका साथीहरूले कुनै संकोच नमान्नुहोला । म सानो चित्त बोकेर राजनीतिमा आएको होइन । म पूर्वाग्रह राख्दिनँ ।’

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ६ : १० बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार