स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एकजना पक्राउ | Khabarhub Khabarhub

स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित एकजना पक्राउ


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट एकजना स्रोत नखुलेको ६९ लाख ५० हजार नगद रुपैयाँसहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले गत शुक्रबार दरबारमार्गस्थित विङ ह्युमन कपडा पसलबाट हिरोसी खनाललाई पक्राउ गरेको हो ।

प्रहरीले सो पसलमा ठूलो परिणाममा स्रोत नखुलेको रकम रहेको सूचना पाएपछि छापा मारेको थियो । प्रहरीले एक हजार दरका १ सय नोट रहेका ४९ बण्डल र ५ सय दरका १०० नोट रहेका ४१ बण्डल रुपैयाँ फेला पारेको थियो ।

प्रहरीले सो रकमको स्रोत खुलाउन भने पनि स्रोत खुलाउन नसकेपछि सो पसलका म्यानेजर खनाललाई नियन्त्रणमा लिएको हो । प्रहरीे थप अनुसन्धानका लागि खनाललाई सम्पत्ति सुद्धीकरण विभागलाई बुझाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ४ : ५७ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको