किसानलाई फूल माला बेच्ने चटारो | Khabarhub Khabarhub

किसानलाई फूल माला बेच्ने चटारो


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ । कोही फूल टिपीरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फूल मालाको स्टल राखेर विक्र गरिरहेका छन् त केहीले अर्डर अनुसार ग्राहकको घरदैलोमा फूलमाला पुर्‍याउन खटिएका छन् । घरमै आएका ग्राहलाई फूलका थुंगा विक्री गरिरहेको देखिन्छ ।

भिमाद नगरपालिका–८ भागरका कृष्णबहादुर विश्वकर्माको ४ जनाको परिवारलाई बुधबारदेखी सयपत्री फूलले व्यबस्तता बढाई दिएको छ । फुर्सदमा तिहार मानउने उनको परिवारसँगै छरछिमेकलाई पनि सयपत्रीले व्यस्त बनाएको हो । ‘परिवारबाहेक छरछिमेक र आफन्त १० जना बढीको पनि सहयोग लिईरहेका छौँ’, उनले भने ।

होलसेल व्यापारीलाई नदिएर आफैँले ग्राहकको हात हातमा पु-याउँदा झनै व्यस्त बनाएको उनको भनाई छ । ‘व्यापारीलाई दिदाँ हामीलाई कम मुल्य पर्ने ग्राहकलाई पनि मंहगो मुल्य पर्ने भएपछि बरु आफैँले केही सस्तोमा बेच्दा दुवैलाई फाईदा हुन्छ भनेर खेरैनीटार र दुलेगौँडा बजारमा स्टल राखेर बेचिरहेका छौँ’, उनले सुनाए ।

गत बर्षसम्म मकैखेती गर्ने बारीमा यसपालि कृष्णबहादुरको परिवारले आठ सय सयपत्रीको बेर्ना लगाएको थियो । एउटै बोटमा एक सय थुंगासम्म फुलेको छ । जसले अर्को बर्ष फूल खेती विस्तार गर्नलाई उत्साह थपेको उनी बताउँछन् ।

भोलि शनिबार तिहारको मुख्य दिन भाइटिका। तिहार दिदीवहिनी र दाजुभाईबिचको सामिप्यतासँगै फूल र झिलिमिली बत्तीको चाड हो । सांगीतिक चाडको रुपमा पनि तिहारलाई लिइन्छ । तिहारमा दिदी वहिनीले दाजुभाईलाई सयपत्री र मखमलीको माला गलामा पहिराईदिने भएकाले फूलको विशेष महत्व छ ।

व्यवसायिक तरिकाले फूल खेती गरेका किसानको सिजन तिहार भएकाले व्यस्तता तिहार सुरु भएसँगै बढेको हो । फूल टिपेर माला गाँस्ने र बजारमा पु-याउने हतारोमा देखिन्छन् किसान । तिहार अगावै एकातिर धान थन्क्याउने चटारो छ, अर्कोतिर फूल माला बजार पु-याएर विक्री गर्ने हतारोमा छन् किसान । बजारका हरेक चोकमा तिहारलाई आवश्यक भाई मसलासँगै फूल र माला बेच्नेहरु भेटिन्छन् ।

शुक्लागण्डकी नगरपालिका–१२ सुन्दरेमा तीन जना युवा मिलेर सञ्चालन गरेको फिरफिरे अर्गानिक्समा ढकमक्क फुलेका मखमली र सयपत्री टिपेर अर्डर अनुसार बजार पु-याउन सञ्चालकलाई भ्याईनभ्याई छ । यहाँ सात रोपनीमा सयपत्री र तीन रोपनी क्षेत्रफमा मखमली फूल लगाईएको छ । फूल टिप्ने र माला गाँस्नेका काममा स्थानीय महिलाले रोजगारी पाएका छन् । ‘फूल टिप्ने, माला गाँस्ने र अर्डर अनुसार बजार पु-याउन दैनिक १० जनालाई खटाईरहेका छौँ’, सञ्चालक मदन पौडेल भन्छन्, ‘फूलको मुख्य सिजन तिहार हो । फूलले तिहार लागेसँगै व्यस्त बनाएको छ ।’ तिहारको दिन विहानदेखी फूलको सिजन सकिने र त्यसपछि फुर्सदिलो हुने पौडेलले बताए ।

भिमाद नगरपालिका– ८ अरौदीका गोविन्द अधिकारी पनि फूलले व्यस्त बनाएको बताउँछन् । उनले २०६५ सालदेखी बाझिएको साढे ४ रोपनी जग्गामा सयपत्री फूल फुलाएका छन् । ‘फूल टिपेर गनेर अर्डर अनुसार पु-याईरहेको छु’, उनले सुनाए । उनले होलसेलमा फूलको थुंगा विक्री गरेकोले माला गाँस्ने झन्झटबाट मुक्त भएको बताए ।

तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र बन्दीपुर गाउँपालिकामा व्यवसायिक फूल खेती गर्ने बढेका छन् । फूल खेतीमा युवाको आकर्षण बढेको पाईन्छ । जिल्लाका केही शहकारीले पनि तिहार लक्षित फूल खेती गरेका छन् ।

तीन बर्षदेखी तनहुँमा व्यवसायीक फूल खेती गर्नेहरु बढेका छन् । गत बर्ष कोरोनाका कारण कम फूलखेती गरिएको थियो । यसपाली कोरोना संक्रमण कायमै रहेपनि जनजिवन सामान्य लयमा फर्केकाले फूल खेती गर्नेहरु यसपाली बढेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ३ : ०० बजे

जबज हाम्रो मार्गदर्शक सिद्धान्त होइन : वेदुराम भुसाल

काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रहेका पूर्वकृषिमन्त्री

आजका समाचार : कांग्रेशको विरोधबीच प्रचण्डलाई चौँथो पटक संसदको विश्वासदेखि पूर्वराजा पाटनतिरसम्म

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल

आजको अर्थसंक्षेप : वैदेशिक व्यापार घट्यो, एनसेललाई २० अर्ब बुझाएर नवीकरण गर्न ताकेता

काठमाडौं- चालु आर्थिक वर्ष (आव)को १० महिनामा अघिल्लो आवको सोही

प्रधानमन्त्री, सभामुख र ओली एकमुख, कांग्रेसलाई पेलेरै जाने

काठमाडौं– गत फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री

के हो महानगरको फोहोर बोक्ने चालक समातिएको प्रकरण ?

काठमाडौं- हाल फ्रान्सको पेरिसमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)