उपत्यकामा थपिँदै पाँच सयभन्दा धेरै सीसीटीभी क्यामेरा | Khabarhub Khabarhub

उपत्यकामा थपिँदै पाँच सयभन्दा धेरै सीसीटीभी क्यामेरा


१९ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं उपत्यकामा यस वर्ष ५ सयभन्दा बढी सीसीटीभी क्यामेरा थपिने भएको छ ।

समाजमा हुने अपराध अनुसन्धानमा प्रभावकारी माध्यम मानिने सीसीटीभी क्यामेराको संख्या बढ्ने भएको हो । अहिले उपत्यकामा सार्वजनिक खपतका सीसीटीभी म्यानुअल सिस्टमका मात्रै छन् । अब भिडियो म्यानेजमेन्ट सिस्टमअन्तर्गत अटोमेटिक डिडेक्टिभ सिस्टममा जानेगरी जडान हुँदैछन् ।

यसका लागि अप्टिकल फाइबर बिछ्याउने काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी नेपाल म्याक्स मौलिक तरंग कम्पनीले जनाएको छ । म्याक्सले तीनवटा कम्पनीको जोइन्ट भेन्चरका रुपमा काम गरिरहेको छ । अप्टिकल फाइबर तार विछ्याउने काम सकिएपछि कम्पनीलेमात्रै उपत्यकाभरी मुख्य मुख्य रुटमा १६१ वटा क्यामेरा जडान गर्नेछ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कम्पनीलाई साढे ६ करोड लगानीमा निर्माण गर्नेगरी ठेक्का दिएको छ । कम्पनीले एसियाकै दोस्रो उच्च गुणस्तर सीसीटीभीमा हुने दाबी गरेको छ ।

कम्पनीलाई ठेक्का असारसम्म भए पनि कोभिड महामारीका कारण निर्माण सामग्री आयात नभएपछि समय थपिएको छ । कम्पनीले चीन, हङकङ, सिंगापुरसहित चार देशबाट सामान आयात गरेको छ ।

४३ किलोमिटर फाइबर तार बिछ्याउने काम सकिएको कम्पनीले जनाएको छ । ‘८० प्रतिशत काम सकिएको छ । अब ढिलोमा ४० दिनमा जडान गरिसक्ने टार्गेट छ,’ कम्पनीले भनेको छ, ‘सामानको अभाव छैन । कामहरू धमाधम भइरहेको छ । भक्तपुर, महाराजगन्ज, बल्खु रूटबाट तार बिछ्याउने काम भइरहेको छ । हामीले सय केभीको सीसी टिभी जडान गर्छौं ।’

उपत्यकामा कति छ सीसीटीभी ?

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)का अनुसार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक प्रयोजनका लागि २६४५ वटा सरकारी सीसीटीभी जडान गरिएको छ । पाँच वर्षको एक अध्ययनअनुसार उपत्यकामा २३ हजार सीसीटीभी आवश्यक रहेको औँल्याएको बताउँछन् ।

मेट्रोका डीआईजी उत्तमराज सुवेदी । तर बजेको अभाव, संगठनको प्राथमिकता, प्रतिकूल वातावरणका कारण आवश्यकताअनुसारको सीसीटीभी जडान हुन सकेन । अहिले भने प्रहरी प्रधान कार्यालयले नै उपत्यकामा सीसीटीभी जडानलाई प्राथमिकतामा राखेको बताउँछन् डीआईजी सुवेदी । उनी प्रविधिको प्रयोगले, कम्युटर सिस्टममा जाँदा अनुसन्धानको दायरा बढ्ने धारणा राख्छन् । ‘समय बचत हुने भयो । कुनै पनि घटना मिस नहुने भयो । अनुसन्धान प्रभावकारी हुने भयो,’ उनी भन्छन् ।

झण्डै चार सय क्यामेरा प्रक्रियामा

महानगरीय प्रहरी कार्यालय सीसीटीभी शाखाका एसपी कृष्णबहादुर धिताल मेट्रोले आफै पनि सीसीटीभी जडान प्रक्रिया अघि बढाएको बताउँछन् । भिडियो म्यानेजमेन्ट सिस्टमका लागि अप्टिकल फाइबर विछ्याउनुपर्ने भन्दै धितालले यो काम सकिएपछि जडानमा समय नलाग्ने बताए ।

उनकाअनुसार मेट्रोले भीआइपी एरिया लक्षित गरी काठमाडौंमा १४५, ललितपुरमा १३५ र भक्तपुरमा १०० को हाराहारीमा सीसीटीभी जडान प्रक्रियामा लगेको छ । यसका लागि ९ करोड हाराहारीमा बजेट छुट्याइएको छ । उपत्यकामा भदौमा मात्रै ५८ क्यामेरा जडान भएको उनले जानकारी दिए । ‘अब जडान हुने सीसीटीभी क्यामेराले अटोमेटिक सिस्टमबाट डिड्क्टिभ गर्छ । शंकास्पद गतिविधि भएमा अटोमेटिक नोटिस गर्छ,’ एसपी धितालले भने, ‘भिडियो फिल्टर गर्ने, भिडियो सिनोफ्सिस, लामो भिडियोलाई समराइज गर्न सहज हुन्छ ।’

यसले गर्दा सडकमा लेन मिच्ने, ट्राफिक लाइट मिच्नेलाई अन द स्पट नोटिस गरेर कारवाही गर्न सकिने उनले बताए । एक/डेढ महिनाभित्र माथि उल्लेखित संख्यामा सीसीटीभी जडान भइसक्ने सीसीटीभी शाखा प्रमुख एसपी धिताल बताउँछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  १० : ५९ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको