जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला | Khabarhub Khabarhub

जुम्लाका ५८ वटा वडामा कांग्रेसको नेतृत्व चयन, एकजना मात्रै महिला


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। यसैक्रममा जुम्लाका ५८ वटा वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको छ । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीकाअनुसार शुक्रबारबाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको छ ।

जुम्लाका ५८ वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको नेपाली कांग्रेस जिल्ला कार्यासमितले बताएको छ । बाँकी दुई वडामा पनि सहमतिमै चयन गर्ने प्रयास भइरहेको पार्टी सचिव कार्मा बुढाले बताए ।

जुम्लाका ६० वडामध्ये ५८ वटा वडामा नयाँ नेतृत्व चयन गर्दा एक वडालेमात्रै महिला नेतृत्व पाएको छ । राज्यले राजनीतिमा महिला सहभागीता ३३ प्रतिशत कायम गरेको छ । तर, जुम्लामा ६० मध्ये ५८ वटाको नेतृत्व चयन हुँदा महिला एकजनामात्र परेकी छन् । तिला गाउँपालिका २ की सीता रावत वडा सभापतिमा चयन भएकी हुन् ।

जिल्ला सभापतिको लागि रस्साकस्सी

नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि जिल्ला सभापतिमा भने रस्साकस्सी हुने देखिएको छ । जिल्ला सभापतिमा वर्तमान सभापति दिपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सुजुवालको नाम चर्चामा रहेको छ । २७ भदौमा गाउँपालिकास्तरीय अधिवेशन, १ असोजमा प्रदेश क्षेत्रस्तरीय अधिवेशन र ५ असोजमा जिल्ला अधिवेशन हुन लागेको छ । न्यूज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ६ : ०३ बजे

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । उनकी ममतामयी

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन

वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० शृंखलाको चौथो खेलमा नेपालले