‘कुट्की’ को औषधीय महत्व | Khabarhub Khabarhub

‘कुट्की’ को औषधीय महत्व


२० भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पातको किनारा करौँतीको धारझैँ काटिएको जस्तो हुने यो वनस्पती ४५०० मिटरसम्मको उचाइमा पाइन्छ । यसको जराको बोक्रा बाक्लो र चाउरिएर पत्रपत्र परेको हुन्छ । यसको भित्री भाग नरम हुन्छ । यसको फूलको रङ्ग फिक्का निलो प्याजी हुन्छ ।

यो विरुवा रोपिएको ३/४ वर्ष पुगेपछि जराहरुलाई निकालेर पानीमा पखाल्ने र घाममा सुकाई हावा नपस्ने गरी बोरामा हाली राख्ने र यसको आवश्यक मात्रालाई कुटेर कपडामा छान्ने अनि ४/५ ग्राम धुलोमा मह मिलाएर तातो पानी वा दूधसँग बिहान बेलुका दिनको दुई पटक खानाले हृदय जलन, पाचनसम्बन्धी रोग, पित्त, उदरशूल, अजीर्ण (पेट ढुस्स हुने) रोग, दिसा गोटा पर्ने, छालाको रोग, विशेषतः दाद रोग, श्वाससम्बन्धी सम्पूर्ण समस्या, कृमी (पेटको कीरा), कुष्ठरोग, रक्तविकारजस्ता सम्पूर्ण रोगहरुको नाश गर्छ । शरीरमा नयाँ ऊर्जा पैदा गर्छ । सर्प वा विच्छीले टोकेको ठाउँमा लगाउनाले विशेष फाइदा गर्छ । साथै यदि दिसा राम्रोसँग खुलेको छैन भने सुत्ने बेलामा २/३ ग्राम कुट्कीको चूर्ण (धूलो)लाई महमा मिलाएर तातोपानीसँग नियमित केहीदिनसम्म खानाले दिसा खलास गर्छ ।

साभार : घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ५ : ४५ बजे

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई