प्रक्रिया छोट्याएर महाधिवेशन गर्न कांग्रेस पौडेल पक्षको माग | Khabarhub Khabarhub

प्रक्रिया छोट्याएर महाधिवेशन गर्न कांग्रेस पौडेल पक्षको माग


२१ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रक्रिया छोट्याएर महाधिवेशन गर्न माग गरेको छ।

पौडेल समूहले भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने भएकाले चाँडो नयाँ कार्यतालिका ल्याउन माग गरेको हो ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बिहीबार बसेको समूहको बैठकले चाँडोभन्दा चाँडो क्रियाशील विवाद टुंग्याएर नयाँ कार्यतालिका ल्याउन संस्थापन समूहसँग माग गरेको हो।

भदौ २३ गतेपछि पार्टीको वैधानिकता समाप्त हुने र त्यहाँ भन्दा पछि महाविधेशन गर्ने विकल्प पनि नभएको निष्कर्ष भेलाले निकालेको छ। भेलापछि वरिष्ठ नेता रामचन्द्र पौडेलले २ दिनभित्र क्रियाशील विवाद टुंग्याएर निर्वाचन समितिलाई महाधिवेशनको प्रक्रिया अघि बढाउन नेतृत्वले निर्देशन दिनुपर्ने बताए।

भदौ २३ भित्र नयाँ कार्यसमिति आउन नसके वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुने भएकाले विषेश महाधिवेशन गर्ने एउटा मात्रै विकल्प रहेको पौडेलको भनाइ छ।

प्रकाशित मिति : २१ श्रावण २०७८, बिहीबार  ३ : ४४ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले