सुटिङ अघि नै कानूनी झमेलामा ‘दृश्यम २’ | Khabarhub Khabarhub

सुटिङ अघि नै कानूनी झमेलामा ‘दृश्यम २’


२२ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता अजय देवगनको नयाँ फिल्म ‘दृश्यम २’ सुटिङ सुरु नभई कानूनी झमेलामा परेको छ । फिल्मको हिन्दी भर्सनको सहनिर्माता कम्पनी बायकम १८ मोसन पिक्चरले निर्माता मंगत कुमारविरुद्ध मुद्धा दर्ता गराएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार ‘दृश्यम’ बायकम १८, पेनोरामा स्टुडियो र कुमार मंगतले निर्माण गरेका थिए । तर ‘दृश्यम २’को अधिकार पेनोरामा स्टुडियोलाई मात्र दिइने भएपछि बायकम १८ ले मंगतविरुद्ध मुद्धा हालेका हुन् ।

कम्पनीले फिल्मको अधिकार केवल कुमार मंगतसम्म मात्र नरहेको दाबी गरेको छ ।

‘बायकम १८ ले कुमार मंगतसँग कुराकानी गरेर यस किसिमले आफूलाई प्रोजेक्टबाट अलग गर्न नसक्ने बताएको छ । कम्पनीले कुमार मंगतले एक्लै कोही अन्य व्यक्तिसँग सहकार्य गरेर ‘दृश्यम २’ बनाउन नसक्ने जनाएको छ । त्यहीकारण कम्पनीले निर्माताविरुद्ध मुद्दा दर्ता गराएको हो । यो मामलाको चाँडै सुनुवाई हुनेछ’, कम्पनी निकट स्रोतले भनेको छ ।

सन् २०१५ मा रिलिज हिन्दी रिमेक फिल्म ‘दृश्यम’को निर्देशन दिवंगत निर्देशक निशिकान्त कामतले गरेका थिए । कुमार मंगत, अभिषेक पाठकको प्रोडक्सन कम्पनी पेनोरामा स्टुडियो इन्टरनेसनल र वायकम १८ले मिलेर फिल्म निर्माण गरेका थिए ।

तर हालै फिल्मका निर्माताले ‘दृश्यम २’को हिन्दी रिमेक राइट पेनोरामा स्टुडियोले किनेको घोषणा गरेपछि बायकम १८ रिसाएको हो ।

हिन्दी रिमेक ‘दृश्यम’मा अजय देवगन, श्रेया सरण, तब्बू र इशिता दत्ता प्रमुख भूमिकामा थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : ४० बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा