विवाह गर्न फुर्सद नपाएका वैज्ञानिक डाल्टन « Khabarhub
Logo
४ जेष्ठ २०७८, मंगलबार

विवाह गर्न फुर्सद नपाएका वैज्ञानिक डाल्टन



पदार्थको सबैभन्दा सूक्ष्म कण अर्थात् पदार्थको सबैभन्दा सनो इकाई पत्ता लगाउने महान् वैज्ञानिक डाल्टनको जीवनमा धेरै प्रेरणाका सूत्रहरु भेट्न सकिन्छ ।

उनले नै पदार्थलाई सबैभन्दा सानो इकाईमा टुक्य्राएर त्यसभित्र इलेक्ट्रोन, प्रोटोन, न्युट्रोनको चक्र घुमिरहेको सत्यलाई बाहिर उजाग गरिदिए । चेतनविज्ञानले पनि अ, ऊ, म (ॐ) तीन अक्षरको ओमकार ध्वनीले ब्रह्माण्डको मूलसुत्ता समालेको कुरालाई हजारौँ वर्षदेखि वेद र उपनिषदमा भन्दै आएको हो । डाल्टन महोदयले इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनको सत्ता भेटेपछि भौतिकवाद र अध्यात्मवादका सारसूत्रहरु एउटा विन्दुमा जोडिएका छन् ।

डाल्टनले पत्ता लगाएका सारसूत्रहरुबाट आज आणविक विज्ञानले नामिकीय ऊर्जा विस्फोट गर्नेदेखि परमाणु बम बनाउनेसम्मका कार्यहरु सम्भव भएका छन् ।

मानवजातिको सुन्दर संसारलाई अरु सिर्जनशील र मानवीय बनाउनुको साटो बम बनाउने कुरामा त्यसलाई प्रयोग गरिनु निश्चय नै दुःखदायी कुरा हो । तर, विवेकी वैज्ञानिकहरुले मानवजातिको आनन्द र सुखको लागि पनि यसलाई सार्थक कुरामा उपयोग गरिरहेका छन्, यो कुरालाई पनि कदापी भुल्न मिल्दैन ।

रसायन विज्ञानको जग हाल्न अहोरात्र आफ्नो व्यक्तिगत हित र सुखको परवाह नगरी मिहेनत गर्ने डाल्टनले विज्ञानका अनेकौँ रहस्यमयी कति सरल, सामान्य र सहज थियो भने जुन कुा ठूलाबडाले सहजै लिन सक्तैनन् ।

बृद्धपुरुष कवीर पनि जुलाहा परिवारमा जन्मेका थिए । अमेरिकाका सोह्रौँ राष्ट्रपति जुलाहा परिवारमा जन्मेर नै चम्केका थिए । कवीर र लिङ्कनसँग जन्मगत तादात्म्य राख्ने डाल्टनको जन्म एक अति सामान्य कपडा बुन्ने जुलाहा परिवारमा भएको थियो ।

अति तिक्ष्णबुद्धिका डाल्टनले सानो उमेरमा नै अनेकौँ शास्त्र र विषयहरुको गहन ज्ञान हासिल गरे । घरको दुरावस्था आदिको कारण लामो समयसम्म विद्यालयको शिक्षक तथा प्राध्यानाध्यापक भएर गाउँको सेवा गरे । सोचेजस्तो उन्नती गर्न नसकेपछि उनले विद्यालयको प्राध्यानाध्यापक पदबाट विदा लिनुपर्‍यो ।

उनी म्यानचेस्टरको एउटा कलेजमा पढाउन थाले । रातोदिनको ड्युटीले गर्दा उनलाई स्वतन्त्र रुपले अनुसन्धान गर्न समय पुगेन । उनी विज्ञानको खोजमा निर्लिप्त रुपले लाग्न चाहन्थे । दूर्भाग्य ! रोजीरोटीको निम्ति दिनको ठूलो हिस्सा पढाउने काममा खर्च हुन्थ्यो । उनी आफ्नो यो दैनिकीबाट आजित बने ।

बाध्यताले गर्दा समयको ठूलो हिस्सा निरर्थक काममा बितेको बोध भयो । उनले विज्ञानको खोज र अनुसन्धानमा एकोहोरिने मन्सुवा लिएर कुनै कुराको परवाह नगरी कलेजबाट अवकाश लिए । अवकाश त लिए उनको शरीरबाट पेटले अवकाश लिएको थिएन ।

फेरि घरायसी रोजीरोटीका समस्याहरु सुरु भयो । उनले भावुकतावश जसरी स्वतन्त्र रुपमा विज्ञानको अनुसन्धान कार्यमा डुब्ने जुन सपना देखेका थिए, त्यो सम्भव भएन । आफ्नो आधारभूत आवश्यकता परिपूर्तिको लागि पनि फेरि कमाउने काममा जुट्नुपर्ने भयो ।

अनेकौँ विकल्प सोचेपछि आखिरमा समयको सानो हिस्सा ट्युसन पढाउने कममा लगाए, जसले उनको खर्चलाई धान्थ्यो । उनी बढीभन्दा बढी समय मानवजातिको कल्याणको निम्ति विज्ञानको खोजमा प्रयोग गर्न थाले ।

यसको फलस्वरुप परमाणु सिद्धान्तको प्रतिपादनको अलवा मौसमविज्ञानको अनुसन्धान, ग्यासको सिद्धान्तको खोजमा नवीनतम आयामहरु थप्ने काम गरे । अनेकौँ दुःख र अभावलाई खेपेर आफ्नो जीवन पूर्ण रुपले वैज्ञानिक खोजमा अर्पण गरे ।

उनको जीवनको सबैभन्दा प्रेरक प्रसङ्ग भनेको नै कामलाई उनले अति प्रेम गरे । कामले पनि उनलाई जीवनभर पिछा गर्न छोडेन । जसले गर्दा सुख, सुविधा, आनन्द, मनोरञ्जन, भोगविलास कुन चरीको नाम हो उनलाई थाहा भएन ।

महान् वैज्ञानिक लियो नार्दो दा भिन्ची, न्युटन आदिलाई विवाह गर्न फुर्सद नभएझैँ यिनलाई पनि जीवनमा विवाह गर्ने, घरजम बसाउने, छोराछोरी जन्माउने कुरामा फुर्सतै मिलेन । तर विज्ञानको संसारमा जुन कीर्तिमान कायम गरेका छन्, त्यसको अभिनन्दन दुनियाँले युगयुगसम्म गरिरहेछ । यति चर्चित र महान् वैज्ञानिक अभिमान र शानमानको जीवनबाट पृथक थिए । सरल जीवन बाँच्ने महान्भन्दा महान् काम गर्ने उनको बानी थियो । सन् १७६६ मा बेलायतमा जन्मेका यी वैज्ञानिकले अठहत्तर वर्ष बाँचेर सन् १८४४ मा यस संसारबाट विदा लिएका थिए ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु किताबबाट

 


भर्खर

0