'हिंसात्मक द्वन्द्व' नेपालमा अन्त्य भएको प्रधानमन्त्रीको उद्घोष | Khabarhub Khabarhub

‘हिंसात्मक द्वन्द्व’ नेपालमा अन्त्य भएको प्रधानमन्त्रीको उद्घोष


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसात्मक द्वन्द्व अन्त्य भएको उद्घोष गरेका छन् ।

भूमिगत नेत्रविक्रम चन्द विप्लवलाई सार्वजनिक गर्न काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तीन बुँदे सम्झौता भएपछि कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए ।

‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन,’ प्रधानमन्त्रीको भनाइ छ, ‘आजको कामको ठूलो उपलब्धि भनेको नेपालमा हिंसात्मक गतिविधि छैन, शान्ति छ भन्ने हो ।’

नेपाल सरकारले लिएको ‘समृद्ध नेपाल : सुखी नेपाली’ नारालाई सफल बनाउन शान्तिपूर्ण वातावरण चाहिने प्रधानमन्त्रीको भनाइ छ । शान्ति, निर्भय र शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नेपाली जनताको चाहना पूरा भएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ ले शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने ऐतिहासिक कदम चाल्नु भएकोमा बधाई र शुभकामनासमेत दिए । ‘उहाँले एउटा कदमबाट नेपाली जनताको मन जित्नुभएको छ,’ उनले भने, ‘यो उहाँको साहसिक कदम हो । जोसुकैले कार्यकर्तालाई कार्यदिशा मोडेर गर्न यति साहसिक निर्णय लिन सक्दैनन् ।’

प्रधानमन्त्रीले विप्लवले आफ्नो कार्यदिशालाई सहज अवतरण गरेको टिप्पणी गरे । ‘यो फोर्स ल्यान्डिङ र क्र्यास ल्यान्डिङ होइन,’ उनको भनाइ थियो, ‘सेफ ल्याडिङ हो ।’

विप्लवसँग ८ वर्षअगाडिदेखि सम्बन्ध रहेको स्मरण गर्दै प्रधानमन्त्रीले तीन बुँदे सहमति रातारात नभएको जानकारी दिए । यो वर्षौंदेखिको प्रयासबाट सम्भव भएको उनको भनाइ थियो ।

तीन बुँदे सहमतिप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै कुनै समस्या आए वार्ताबाट समस्या समाधान गर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ५ : १२ बजे

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड