कोभिडले राेकियाे नवाज र आलियाको डिभोर्स ! | Khabarhub Khabarhub

कोभिडले राेकियाे नवाज र आलियाको डिभोर्स !


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको व्यक्तिगत जीवन एकपटक पुनः चर्चामा छ । गत वर्षको मेमा उनकी पत्नी आलियाले इमेल र ह्वाटसएपमा एक कानूनी पत्र पठाउदै नवाजुद्दीनलाई डिभोर्स मागेकी थिइन् ।

दुवैको विवाह ११ वर्ष अगाडि भएको थियो । उनीहरुका दुई सन्तान छन् । यो जोडीको बिग्रिएको सम्बन्धका बारेमा गत वर्ष विभिन्न समाचार आएका थिए ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार अहिले नवाजुद्दीनप्रति आलियाको मन फेरिएको छ । उनले नवाजका साथ आफ्नो सम्बन्धलाई अर्को मौका दिन चाहेको उल्लेख गरेकी छन् । ‘म नवाजका साथ बस्न चाहन्छु र उसँग डिभोर्स गर्दिन’, उनले भनेकी छन् ।

‘मलाई कोरोनाले आफ्नो चपेटामा पारिसकेको छ । म मुम्बईको आफ्नो घरमा आइसोलेट छु । यस्तो अवस्थामा दुई सन्तानको स्याहारसुसारमा समस्या आउन सक्छ । तर नवाजले मेरो साथ दिएका छन् । नवाज यो समयमा लखनऊमा कुनै फिल्मको सुटिङमा व्यस्त छिन् । तर यसका बाबजुद उनी छोरी शोरा र छोरा यानीको हेरचाहमा जुटेका छन्’, उनले भनेकी छन् ।

नवाज र आलियाको चिनजान सन् २००३ मा भएको थियो । त्यही समयदेखि उनीहरु लिभ इन रिलेसनमा रहे । त्यसको केही समयपछि उनीहरुले वैवाहिक जीवन शुरु गरे । तर विवाहपछिको खटपट बढेपछि गत वर्ष आलियाले डिभोर्सका लागि नवाजलाई पत्र पठाएकी थिइन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ४ : ३० बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको