हलमा एक्लै ‘गोर्खे’ | Khabarhub Khabarhub

हलमा एक्लै ‘गोर्खे’


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म प्राविधिकहरुले निर्माण गरेको फिल्म ‘गोर्खे’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको डेढ महिनापछि यो फिल्म रिलिज भएको हो ।

किम्मत गौतमको निर्देशन रहेको फिल्मले गोर्खाली सैनिकहरुको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरङ, एन्जल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा हरि लामा प्रस्तुतकर्ता छन् भने तीर्थराम कोजु र हरि थापाको लगानी छ ।

निर्देशक गौतमका अनुसार गोर्खाली सैनिक बन्नका लागि संघर्ष गरिरहेका ५ जना युवाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा काजी लिम्बुको कथा, हिमाल केसीको एक्सन, सौरभ लामा र निरज कँडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  २ : ०० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम