मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा छुट | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा छुट


२१ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस  सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले सिद्धार्थ गु्रप अफ विजनेश हस्पिटालीटीबाट सञ्चालित होट तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १० पतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्टुरेन्ट सञ्चालित छन् ।

विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १२ : २० बजे

ज्यान मार्ने मुद्दामा फरार रेष्टुरेन्ट संचालक पक्राउ

पोखरा– ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर गाेपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको

म्यान्मामा विस्थापितहरूको सङ्ख्या ३० लाख  पुग्याे : राष्ट्रसङ्घ

याङ्गुन–  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले

सरकारले अब महाकाण्डको पुनरावृत्ति गर्न सक्छ, जनता सचेत हुने बेला आयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी

दाँत दुखेपछि वीर अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो