आईपीएलका लागि नेपालका ८ खेलाडीले नाम दर्ता « Khabarhub

आईपीएलका लागि नेपालका ८ खेलाडीले नाम दर्ता


२३ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपालका ८ खेलाडीले नाम दर्ता गराएका छन्।

भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने आईपीएलका लागि २०२१ को अक्सनमा ८ नेपाली क्रिकेटरले नाम दर्ता गराएका छन्।

नेपालबाट आईपीगल खेल्ने पहिलो खेलाडी बनेका सन्दिप लामिछानेलाई दिल्ली क्यापिटल्सले यो सिजनमा रिलिज गरिसकेको छ। उनको नाम पनि अक्सनमा हुनेछ।

आयोजक संस्थाले यस वर्षको आईपीएलका लागि कुल १ हजार ९७ जना खेलाडी अक्सनका लागि दर्ता भएको जानकारी दिएको छ ।

बीसीसीआईका अनुसार २७ जना खेलाडी एसोसियट राष्ट्रबाट अक्सनमा दर्ता भएका छन् । जसमा ८ खेलाडी नेपालका छन् ।

आईपीएलको नयाँ सिजनका लागि भारतका ८ सय १४ र बाहिरका २ सय ८३ खेलाडी अक्सनमा परेका छन् ।

आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना गर्ने बीसीसीआईको तयारी छ । अक्सन नेपाली समय अनुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।

पछिल्लो समय नेपाली खेलाडी विदेशी लिगमा आवद्व हुँदै आएका छन्। दुबईमा जारी टि १० लिगमा नेपालका ४ खेलाडी विभिन्न टिममा आवद्ध छन्। अहिले सोमपाल कामी, करण केसी कुशल मल्ल र पारस खड्का टि १० मा व्यस्त छन्।

 

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  १० : ३७ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु