देशभक्त नागरिक अब एकजुट बन्ने बेला आयो : अभिनेत्री कोइराला (भिडियोसहित) | Khabarhub Khabarhub

देशभक्त नागरिक अब एकजुट बन्ने बेला आयो : अभिनेत्री कोइराला (भिडियोसहित)


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री मनीषा कोइरालाले देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी छिन् ।

२ सय ९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएकी हुन् ।

उनले राष्ट्रिय स्वाभिमान बचाउन पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सहभागी हुन आग्रह गरिन । उनले भनिन्, ‘सबै एकजुट भएपछि मात्रै स्वाभिमानको साथ बाँच्न सकिन्छ।’

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले भव्य रुपमा पृथ्वी जयन्ती मनाउन आग्रह गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले नेपाललाई एकतावद्ध गर्ने पृथ्वीनारायण शाहको सम्झनामा पुस २७ गतेको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रममा सहभागी हुन आग्रह गरेको हो ।

हेरौँ भिडियो

समितिले प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन पनि माग गरेको छ । शाहको जन्मस्थान गोरखा दरबारको संरक्षण गरी संग्राहलय बनाउन, पृथ्वीनारायण शाहको तस्बिर राखी विभिन्न दरका नेपाली मुद्रा, सिक्का र नोट छाप्न पनि समिति माग गरेको छ ।

पत्रकार सम्मेलनमा बाम राजनीतिज्ञ राधाकृष्ण मैनालीले मुलुक भ्रष्टाचारमा डुवेको भन्दै यसमा खवरदारी गर्दै दिवस मनाउनुपर्ने बताए । पूर्व प्रधान सेनापति रुक्माङगद कटुवालले नेपाललाई एकतावद्ध गर्न पनि पृथ्वी जयन्ती मनाउनुपर्ने बताए ।

समितिले काठमाडौँको शान्टिबाटीकामा पुस २७ गते विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रमका लागि ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, उचाई हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ भन्ने मुख्य नारा तय गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ८ : ०४ बजे

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई