वायु प्रदूषण बढ्यो : विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा  | Khabarhub Khabarhub

वायु प्रदूषण बढ्यो : विश्वका ५० शहरमध्ये काठमाडौँ पहिलो नम्बरमा 

अनावश्यक घर बाहिर ननिस्किन चिकित्सकको सुझाव


२१ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै पुगेको छ। सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको हो।

काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।

हिजो बिहानैदेखि काठमाडौंको आकास तुवाँलोले ढाकेको छ । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए ।

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४०२ थियो ।

गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिने गरिन्छ ।

आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई) ३७२ पुगेको थियो।

अहिले सबैभन्दा बढी वायू प्रदूषण भएका विश्वका ५० शहरमध्ये काठमाडौँ सूचीको पहिलो नम्बरमा रहेको छ भने दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, , सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई छ।

पश्चिमी वायूको प्रभावले काठमाडौँ उपत्यका कुहिरोले ढाकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

काठमाडौँ उपत्यकामा तुवाँलोले ढाकिनुकासाथै वायु प्रदूषण पनि दोब्बरले बढेको छ । योक्रम बुधबारसम्म जारी रहने जल वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले जनाएको छ ।

यस्तो छ विभागको आग्रह

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ११ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम